आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
३६ पटक

काठमाडौं । पोखरा पल्टनलार्इ पराजित गर्दै धनगढी ब्लुजले पोखरा प्रिमियर लिगमा जित हात पारेको छ । शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा धनगढी ब्लुजले पोखरा पल्टनलार्इ २ विकेटले पराजित गरेको छ।

पोखराले दिएको १ सय ४६ रनको लक्ष्य धनगढीले ८ विकेट गुमाएर भेटायो। धनगढीका पिटर ट्रेग्रोले ५३ रनको अर्धशतकीय पारी खेले। ३४ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।

रोमाञ्चक तरीकाले अघि बढेको खेलमा कप्तान दीपेन्द्रसिंह एेरीले नटअाउट ४९ रनको पारी खेले। २६ बल खेलेका दीपेन्द्रले ४ चौका र ४ छक्का प्रहार गरे। अन्तिम बलमा छक्का प्रहार गर्दै दीपेन्द्रले धनगढीका लागि विजयी रन बटुलेका थिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो। कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गरेपछि पोखरा सो स्कोरमा रोकिएको छ। पोखराका रोहितकुमार पौडेलले २१ बलमा ३१ रन जोडे। उनले ४ चौका र १ छक्का प्रहार गरे।

यस्तै पोखराका रविइन्दर सिंहले २८, आसिफ सेखले २३, शरद भेषावकरले १४ र मोहम्मद नाविदले ११ रन जोडे। यस्तै रासिद खानले नटअाउट १५ रनको पारी खेले।

धनगढीका कमलले ४ ओभरको स्पेलमा एक ओभर मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए। यस्तै उसका पिटर ट्रेगो, डेविड लवारेन्स र रविन क्षेत्रीले समान १–१ विकेट लिए।

जितसँगै धनगढीले दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। समुह चरणका सबै खेल खेलिसक्दा धनगढीको ६ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ। समान चार अंक रहेका पोखरा र चितवन दोस्रो तथा तेस्रो स्थानमा छन्।

२०७५ कात्तिक १६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...