आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
८५१ पटक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रा डा गोविन्द केसीका मागको समर्थन गरेपछि श्रेष्ठलाई प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण सोधेका थिए । यही विषयमा असन्तुष्ट नेता श्रेष्ठले राजनीनामा दिएका थिए । राजिनामा स्वीकृत हुने लगभग निश्चित भएको अवस्थामा अस्वीकृत भएपछि अन्य नेता कार्यकर्ता भने चकित परेका छन् ।

बैठकमा पार्टी एकतासँगै वरिष्ठ नेता माधव नेपालको असहमति पत्रका विषयमा छलफल भएको छ । सचिवालयको अर्को बैठक कात्तिक ७ गते बुधबार दिउँसो ३ बजे बस्नेछ ।

प्रदेश इञ्चार्ज तोक्ने निर्णय सदर

अघिल्लो सचिवालय बैठकले सात प्रदेशका इञ्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको निर्णयमा माधव नेपालले लिखित असहमति जनाएका थिए । उनले सो निर्णय फिर्ता लिनुपर्ने र मापदण्ड बनाएर सच्याउनुपर्ने प्रस्ताव राखेका थिए ।

तर, आइतबार र सोमबार बसेको बैठकले प्रदेश कमिटी गठनसम्बन्धी निर्णयलाई भने उल्ट्याएन । माधव नेपालले राखेको लिखित प्रस्तावमा गम्भीर छलफल भएको र आगामी दिनहरुमा कमजोरी सच्याउने प्रतिबद्धता आएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

पार्टीका विभिन्न कमिटीहरुको एकीकरण र जनवर्गीय संगठनहरुको एकताबारे छलफल गर्न बुधबार सचिवालयको बैठक पुनः बस्ने भएको छ । सो बैठकले एकताको प्रस्ताव तयार पारेर कात्तिक १२ र १३ गते बस्ने बस्ने स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी छ ।

२०७५ कात्तिक ५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...