इमान्दार संवाददाता
५५२ पटक

उदयपुर । जिल्लामा एक नेताले नदीमा हाम फालेका छन् । उदयपुर बेलका नगरपालिका– ४ का नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता स्थानीय ज्ञानेन्द्र आचार्यले सप्तकोशीमा हाम फालेका हुन् । सुसाइड नोट लेखेर नदीमा हाम फालेका नेता आचार्यको अवस्था अज्ञात छ ।

प्रहरीका अनुसार शनिबार राति नेता बस्नेतले शनिबार राति बेलका नगरपालिका–८ स्थित कोशी पुलबाट हाम फालेका थिए । खोजी कार्य भइरहेपनि अझै बेपत्ता छन् ।

आचार्यको सुसाइट नोटमा पूर्वएमाले गाउँ कमिटी अध्यक्ष गणेश बस्नेतलाई सम्बोधन गरेर आफू मरेर गएपनि पार्टीप्रतिका आस्था कहिलै नटुट्ने लेखेको बताइएको छ । नेता अाचार्य केही दिनदेघि पारिवारिक रुपमा तनावमा रहेका बताइएको छ ।

सप्तकोशी किनारमा प्रहरी र परिवारका सदस्यले खोजी कार्य तीब्र पारेका छन्

२०७५ कात्तिक ४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...