आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१०५८ पटक

चितवन। इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा झापाको मेची नगरपालिका–८ बस्ने वर्ष ३५ का उदयमान राजवंशी रहेका छन् । मृतक मध्ये अन्दाजी वर्ष २५/२६ र वर्ष ४०/५० अन्य दुई जना पुरुषको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो ।  दुर्घटना बिहान २:३० बजे भएको थियो ।

चितवनको कुरिनटार नजिकै केहीदिन अघि भ्यान र दुध बोक्ने ट्यांकर ठोक्किदा पनि तीन जनाको ज्यान गएको थियो । दशैंको बेला चितवनमा धेरैजसो दुर्घटना हुने गरेको छ ।

२०७५ कात्तिक २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...