आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२९ पटक

काठमाडौं । दशैंमा मासुको लागि पशुपंछी किन्दै हुनुहन्छ भने सचेत रहनुस् । किनकी पछिल्लो समय पशुपंछीबाट मानिसमा सर्ने रोगले बिकराल रुप लिइरहेको छ ।

परीक्षणपछि दसैंका लागि काठमाडौं भित्र्याइएको खसी–बोका र च्याङ्ग्रामा स्वस्थ्य र अस्वस्थ्य छुट्याएर संकेत गरिएको छ । स्वास्थ्य भए सिंगमा हरियो र अस्वस्थ भए रातो चिन्ह लगाएको छ ।

पशु चिकित्सकका अनुसार नाक र मुखबाट सिंगान र ¥याल बगेको, पातलो दिसा यत्रतत्र टाँसिएको, चोटपटक वा संक्रामणबाट कानमा घाउ भएको वा रगत बगेका पशु अस्वस्थ हुन् ।

त्यस्तै, तापक्रम बढी भएको, खुरमा घाउ भएको, खोच्याउने, झोक्राउने, आँखामा चिप्रा भएको, खुट्टाले भुइँ कोट्याउने, घरिघरि आकाशतर्फ फर्केर घुम्दै कराउने खसीबोकाको मासु खान उपयुक्त हुँदैन् ।

यसैगरी, कडा खालको ज्वरो, पीपीआर, रेबिज, घुमाउने, खोरेत र क्षयरोग लागेका खसी–बोकाको मासु पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ ।

यस्ता रोगबाट प्रभावित खसी–बोकाको मासु खाँदा मानिसको शरीरमा पनि त्यस्तै खालको रोग सर्ने सम्भावना हुन्छ । गाई–भैसीको काँचो दूध र पशुपंछीको मासुको उपभोगले जुनोटिक रोग मान्छेमा सर्छ ।

बिगतका बर्षमा काठमान्डौ भित्र्याइएका पशु–पंछीमध्ये ११ दशमलब ४ प्रतिशतमा साल्मोनेल्लाको जीवाणु र ८० प्रतिशतमा कोलिफर्म भेटिएको थियो । यस्ता जीवाणुले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्छ ।

दुर्गा भवानीलाई बलि दिन तथा घर–घरमा मार हानेर मासु खाने चलन भएकाले दसैंका बेला मासुको खपत सामान्य अवस्थामा भन्दा झण्डै आठ गुणाले बढ्छ । तर, पशु र बधशालाको गुणस्तरमा ध्यान नदिँदा मासुसँगै मानव स्वास्थ्यमा जोखिम बढिरहेको छ ।

२०७५ कात्तिक १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...