आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
४० पटक

काठमाडौं । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र प्रधानमन्त्री सचिवालय पनि पुनर्गठन हुने दाबी गरेका छन् ।

रिपोर्टस क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बस्नेतले भने, ‘अहिलेसम्मको समिक्षा गर्दा प्रधानमन्त्री केपीशर्मा ओली सफल हुनुभएको छ र, आगामी दिनमा पनि सफल हुनुहुन्छ । ७ महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दै हुनुहुन्छ ।’

दशैंलगत्तै सरकारले केही लोकपि्रय कार्यक्रम ल्याउने उनको दाबी छ । बस्नेतले भने, ‘सरकारले केहीवितरणमुखी बजेट ल्याउनेछ । समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पुनर्गठनको कुरा होस या मन्त्रिमण्डल पूर्नगठन गर्ने कुरा होस्, त्यसमा पनि ध्यान दिनेछ ।’

प्रधानमन्त्री ओलीले प्रदेश २ का जनताको भावना बुझेर संविधान संशोधन गर्ने कुरा गरेको उनले सुनाए । उनले सीके राउत र नेत्रविक्रमचन्द ‘विप्लव’का गतिविधिहरु एकदमै गलत भएको भन्दै उनले भने, ‘उनीहरुको गतिविधि एकदमै गलत छन् । र, कतिपय नेताहरुले उनीहरुलाई समर्थन गरेकोबारे समिक्षा गर्नुपर्छ ।’

२०७५ कात्तिक १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...