इमान्दार संवाददाता
२३२ पटक

धादिङ । पृथ्वी राजमार्गमा बुधवार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान र सोही दिशातर्फबाट आउँदै गरेको बा१घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकर एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

मृतकमध्ये २ जना मारुती भ्यानमा सवार र अर्का एक जना भने ट्यांकरमा सवार यात्रु रहेको मुग्लिन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धादिङको कल्लेरी निवासी २५ वर्षीय चन्द्रबहादुर नेपाली र धादिङकै ११ वर्षीय रोशन गैरे र बेनीघाट रोराङ गाउँपालिका–५ निवासी विनोद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

घाइते ४ जनाको चितवनस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए । दुवै सवारी एकापसमा ठक्कर ठोक्किँदा दूध बोक्ने ट्यांकर भने सडकबाट करीब १ सय मिटर तल खसेको थियो ।

२०७५ असोज ३१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...