आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
४० पटक

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्कीले वर्तमान सरकारको कार्यशैलीका कारण आफूलाई कम्युनिष्ट पार्टीको नेता हुँ भन्न लाज लागेको बताएका छन् ।

बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कार्कीले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कम्युनिस्ट चरित्रको नभएको भन्दै आफुलाई लाज लागेको बताएका हुन् ।

‘मुलुकमा दुई तिहाई बहुमतप्राप्त कम्युनिस्ट नेतृत्वको सरकार छ । तर मजदुरहरुको जीवन कष्टकर बन्दै गएको छ, महंगी बढेको बढ्यै छ,’ कार्कीले भने, ‘सरकारको यस्तो रवैयाले जनतामा आक्रोस पैदा हुन थालेको छ । कम्युनिस्ट पार्टीको नेता हूँ भन्नसमेत लाज लाग्ने अवस्था आएको छ ।’ उनले भने ।

राजाहरुमध्ये सबैभन्दा शक्तिशाली ज्ञानेन्द्रलाई जनताले ५ वर्ष टिक्न नदिएको स्मरण गराउँदै उनले प्रतिप्रश्न गरे– ज्ञानेन्द्र त ५ वर्ष टिकेनन्, हाम्रो अवस्था के होला ?

२०७५ असोज ३१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...