इमान्दार संवाददाता
४३ पटक

काठमाडौं । पार्टीभित्रैबाट असहयोग भएपछि वामदेव गौतमले काठमाडौं ७ बाट उपनिर्वाचनमार्फत सांसद बन्ने योजनाबाट पछाडि हटेका छन् ।

सामाजिक सञ्जाल र पार्टीभित्रै व्यापक आलोचना भएपछि उनि पछाडि हटेको स्रोतले बातायो। गौतमका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने भनेर पत्रकार सम्मेलन नै गरेका थिए । मानन्धरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गौतमका लागि पदबाट राजीनामा दिन तयार रहेको पत्र बुझाएका थिए ।

गौतम भने उपचुनावमाफर्त संसदमा छिर्ने योजनाबाट पछि हटेका छन् । तीब्र आलोचना भएपछि आफू निकटका केही नेतासँगको परामर्शपछि गौतमले सांसद् बन्ने योजना तत्कालका लागि त्याग गरेका हुन् ।

पार्टी एकताको सुत्रधार आफू प्रतिनिधिसभामा नुहँदा संसद् र सरकारको काम प्रभावकारी बन्न नसकेको भन्दै गौतमले सांसद् प्रवेशलाई महत्व दिएका थिए । संसद् प्रवेशको गौतमको चाहनलाई पार्टीभित्रै धेरै नेताले शंकाको दृष्टिले हेरेका छन् ।

प्रतिनिधिसभा पुग्नका लागि गौतमले पार्टी सांसदलाई राजीनामा गराउने प्रयत्नमा धेरै अघिदेखि लागे पनि सफल भएका थिएनन् । काठमाडौं ७ का सांसद रामवीर मानन्धरले ठाउँ छाड्न तयार भएपछि गौतम निक्कै उत्साहित देखिएका थिए । तर आफुलाई असफल पार्न पार्टीभित्रबाट नै षड्यन्त्र भएको भन्दै काठमाडौं ७ मा चुनाव लडने योजनाबाट उनि हच्किएको बताईएको छ।

गौतमले आफूविरुद्ध पार्टीभित्रै घेराबन्दी गर्ने खेल भएको भन्दै उपनिर्वाचनबाट सांसद बन्ने योजना त्याग गरेको स्रोतले जनाएको छ ।

गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेता घनश्याम भुषाललगायतसँगको परामर्शपछि चुनावबाट पछि हटने मनस्थिति बनाएको स्रोतले बतायो । यद्धपि यसबारेमा गौतम आफैले भने मुख खोलेका छैनन् ।

२०७५ असोज २६ मा प्रकाशित ।

२०७५ असोज २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड