इमान्दार संवाददाता
१६४ पटक

असोज । मासु तथा मासुजन्य ब्यबसायमा आवद्द ब्यबसायीले जनतामा स्वथ्यकर तथा गुणस्तरयुक्त मासुमा उपभोक्ता अधिकारको प्रत्याभूत गराउन आग्रह गरेका छन् ।

मंगलवार एक ज्ञापनपत्र बुझाउदै काठमाडौँ महानगर पालिकालाई सगयोग र सहकार्य गर्न आग्रह गरेका छन् । व्यबसायिक हक,हित र अधिकार स्थापित गर्न व्यवसायीको प्रयत्न मात्र प्रयाप्त नहुने भन्दै उनीहरुले महानगरले समेत सम्पूर्ण पक्षको सहभागिता र समन्वयमा अनिवार्य पहल गर्नुपर्ने बताएका छन् ।

मंगलबार महानगर उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई ज्ञपन पत्र बुझाउदै व्यवसायीहरुले आफ्नो चाहना हुदाहुदै पनि कामपा र आफुहरु बीच साझेदारी, समन्वयको अभाव देखिएकोले त्यसलाई सुधार्नुपर्ने धारणा राखेका छन् ।

नेपाल खड्गी सेवा समितिका सरक्षक मनोज नेवा खड्गीले आम उपभोक्ताको चाहनाबमोजिम स्वस्थ्यकर मासु उत्पादनका लागि व्यबसायी र महानगरले हातेमालो गर्दै अगाडी बढ्नुको विकल्प नभएको बताएका छन् ।

भेटमा उपप्रमुख खड्गीले ज्ञापनपत्रमा उल्लेख गरिएको मागको सम्बोधन गर्न उपत्यका भित्रका अन्य महानगर र नगरपालिकासंग छिटै छलफल गरी व्यवसायीसंग छलफल गरेर योजना कार्यन्वयन गर्ने बताइन ।

काठमाडौँ उपत्यकाभित्र सरकारले १ अर्व ३० करोडको लगानीमा रहेको ८ वटा वधशाला निर्माण गरेकाे छ । तर, त्यत्राे ठूलाे रकम खर्च गरेर बनाएका बधशाला भने प्रयाेगविहीन भएकाे व्यवसायीकाे भनार्इ छ ।

व्यवसायीले बधशाला निर्माण बालुवामा पानी हालेकाे जस्ताे भएकाे भन्दै सरकारकाे ध्यानाकर्षण पनि गराएका थिए । सरकारले बनाएका बधशाला प्रयाेगविहीन रहेकाे र अव्यबस्थित वधशालामा उत्पादित मासु बजारमा बिक्रीका लागि राखिएकाे भन्दै व्यवसायीले त्याे मासु स्वच्छ सफा रहे, नरहेकोबारे समेत कुनै ध्यान नदिएकाे बताए ।

पशु वधशाला व्यवसाय संघ, चौपाया खरिद बिक्री सेवा संघ, नेपाल खड्गी सेवा समिति, वंगुर ब्यवसायी संघ नेपाल, राष्ट्रिय कुखुरा बिक्री व्यबसायी संघलगायतका ब्यबसायी सस्थाहरुको सहभागितामा महानगरलाई ज्ञापनपत्र बुझाइएको छ ।

व्यवसायीहरुले राखेका मागहरु
१- बधशाला /बधस्थल निर्माण, संचालन र व्यबस्थापन गर्नुपर्ने ।
२- बधशाला / बधस्थलको सुधार गर्नुपर्ने ।
३- मासु जाँचको लागि तालिम दिने र प्रयोगशाला जाच गर्नुपर्ने ।
४- पूर्वाधार निर्माण गर्ने तथा तालिम दिनुपर्ने ।
५- जनचेतना मुलक काम गर्नुका साथै तालिम दिनुपर्ने ।
६- ब्यबस्थित मासुपसल स्थापना गर्नुपर्ने
७- चौपाया व्यबस्थापना केन्द्र बनाइनुपर्ने ।

२०७५ असोज २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड