इमान्दार संवाददाता
१७४ पटक

कास्की । कास्कीमा शहिद प्रतिष्ठान नामको एक सस्थाले शहिद परिवार र आफन्तको भलाईका निम्ति भन्दै आम नागरिकबाट रकम उठाएर हिनामिना गरेको आरोप लागेको छ ।

बैद्य नेतृत्वको क्रान्तिकारी (माओवादी) कास्कीका नेता समेत रहेका भोजराज त्रिपाठी अध्यक्ष रहेको उक्त सस्थाले शहिदहरुको स्तम्भ, शहिद पार्क बनाउने, बाउआम गुमाएका शहिदहरुका छोरीछोरीहरुको पढाइ लेखाइ र रेखदेखका निम्ति खर्च गर्ने भनेर नागरिकबाट रकम उठाएको तर त्यसको दुरुपयोग गरेको बताइएको छ ।

समाचार श्रोतका अनुसार त्यसरी शंकलन गरिएको रकम उनीहरुले महत्वपुर्ण काममा खर्च गर्नुको साटो सस्थाका पदाधिकारीहरुले घुमफिर गर्ने, होटेलमा बसेर जाड रक्सी खाने र मस्ती गर्ने गरेको शहिद परिवारको आरोप छ ।

शहिद स्मृति आवाशीय माध्यमिक बिद्यालयमा पढ्ने शहिदका बालबालिकाहरुले आफ्ना परिवारका नाममा उठाइएको रकम दुरुपयोगबारे खोजतलास गरेपछि यस्तो बदमासीको खुलासा भएको छ ।

शहिदको नाममा सस्था खोलेर रकम संकलन गर्ने र सस्थाका पदाधिकारीहरुले मस्ती गर्ने गरेपछि आफुहरु शहिद स्मृति प्रतिष्ठानका पदाधिकारीहरुलाई भेट्न गएको र भेटमा एक हप्ताभित्र हिसाब किताब सार्बजनिक गर्ने सहमति भएको उनीहरुले बताए ।

प्रतिष्ठानका अध्यक्ष भोजराज त्रीपाठी र बाबुराम मिजार लगायतका पदाधिकारीहरुले रकम संकलन गरेर शहिदहरुको नाममा कुनै उल्लेखनिया काम गर्न नसकेको,भन्दै कास्कीका शहिद परिवारहरु र आफन्तहरु आर्कोषित भएका छन् ।

शहिद परिवारहरुले पहिलो चरणमा प्रतिष्ठानका पदाधिकारीहरुसंग शहिदहरुक नाममा उठाईएको रकम दुरुपयोग गरे नगरेकोबारे हिसाब किताब माग्ने र चित्त नबुझे अर्को चरणमा शसक्त कदम चल्ने बताएका छन् ।

उनीहरुको यस्तो हर्कतले क्रान्तिकारी माओवादी कास्कीमा पनि निकै विवाद पैदा भएको श्रोतले जनाएको छ । माओवादी भित्रका यस्ता पात्रका कारण पार्टीले जनतामा अनाबस्यक बिषयमा स्पस्टिकरण दिनुपरेको एक नेताले बताएका छन् ।

यता शहिद स्मृति प्रतिष्ठान कास्कीका अध्यक्ष भोजराज त्रिपाठी र बाबुराम मिजारले आफुहरुले उठाएको रकम दुरुपयोग नगरेको र हिमालयन बिकाश बैंकमा खाता खोलेर राखिएको बताएका छन् ।

आफुहरुले यो बर्ष प्रतिष्ठानको तर्फबाट क्यालेन्डर निकाल्न खोजेको तर बिबिध कारणबस निकाल्न नसकेको बताएका छन् । क्यालेन्डर निकाल्न नसकेपनि आफ्नो सस्थाले आगामी दिनमा थुप्रै सामाजिक काम गर्ने योजना बनाएको बताएका छन् ।

तपाइहरुले सहिदहरुका नाममा उठाएको रकम दुरुपयोग गरेको हो ? भन्ने संचारकेन्द्रको प्रश्नमा उनीहरुले आफुहरु माथि लागेको त्यस्तो आरोप झुटो भएको बताएका छन् ।

आफुहरुले बैंकमा भएको रकम र खर्च गरिएको रकमको हिसाब किताब छिट्टै पेश गर्ने र आरोपको ब्यबहारिकरुपमै खण्डन गर्ने बताएका छन् ।

२०७५ असोज २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड