इमान्दार संवाददाता
२५२ पटक

काठमाडौँ । 

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई र ओमप्रकाश पुन रिहा भएका छन् । पुन र राईलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै रिहाइको माग गरी पुनकी श्रीमती गौरा धामीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

रिटमाथिको बहसपछि सुनुवाइ गर्दै दुई न्यायाधीश मिरा खड्का, अनिलकुमार सिन्हाको आदेशमा रिहा भएका हुन् । बन्दीको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, खिमानन्द अधिकारी, चीरञ्जीवी ढकाल र राजु अधिकारीले बहस गरेका थिए ।

यसअघि राईलाई संखुवासभा र पुनलाई बाँकेबाट रिहा भएपछि पुनः गिरफ्तार गरेर दाङ पर्‍याइएको थियो । असार १६ गते पार्टीको सार्वजनिक कार्यक्रमबाट राईलाई र पुनलाई असार १९ गते लाजिम्पाट प्रहरीले गिरफ्तार गरेको थियो ।

दुबै नेतालाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको थियो । गैरकानूनी रुपमा गिरफ्तार गरेको रिटमाथि बहस गर्दै यसअघि सर्वोच्चले दुबै नेतालाई रिहा गर्न आदेश दिएको थियो । तर, प्रहरीले परिसरबाटै गिरफ्तार गरेर विभिन्न जिल्लामा पुर्याउँदै आएको थियो ।

२०७५ असोज १९ मा प्रकाशित ।

२०७५ असोज १९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड