इमान्दार संवाददाता
१८१ पटक

काठमाडौं । एजेन्सी, पोर्चुगल फुटवल स्टार क्रिस्टियानो रोनाल्डो विश्व चर्चित हुनुको साथै पाँच पटक सम्मका प्लेयर अफ द इएर हुन सफल खेलाडी हुन् । यतीखेर तिनै खेलाडीलाई अमेरिकी महिला बलात्कारको आरोप लागेको छ ।

अमेरिकी एक महिलाले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । महिलाले रोनाल्डोलाई सन् २००९ मा लस भेगासको एक होटलको कोठामा बलात्कार गरेको र उक्त कुरालाई गुपचुप राख्न रानाल्डोले त्यतिखेर महिलालाई ३ लाख पचहत्तर डलर दिएको आरोप लगाएकी छिन् ।

पिडित ३४ बर्षिया क्याथरीन मायोर्गा हाल स्कुलमा अध्यापन गराउँदैछिन् उनले आफुले त्यतिबेला रोनाल्डोले घटना घटेको केहि महिनापछि पुलिसमा उजुरी नगर्न भन्दै ठूलो परिणाममा पैसा दिएको र आफु पनि मन्जुर भएको तर समय सँगै त्यो घटनालाई बिर्सन नसकेको बताएकी छिन् ।

मायोर्गाले विश्व चर्चित भइसकेका फुटबल स्टार बिरुद्ध घटनाबारे केस गर्न हिम्मत नआएको बताएकी छिन् र हाल उनले सबै सामु आफुलाई साथ दिन समेत आग्रह गरेकी छिन् ।

उनले हालै एक जर्मनी पत्रिका ( Der Spiegel) मा बयान दिएर घटनाबारे खुलासा गरेकी हुन् । उता रोनाल्डोले आरोप साँचो नभएको जवाफ दिएका छन् साथै उनका वकिलले यस आरोपबिरुद्ध र यस्तो गैरजिम्मेवार बयान छाप्ने पत्रिका बिरुद्ध अदालतमा केस लड्ने जवाफ दिएका छन् ।

महिलाले नौ बर्ष अघि जुन १२, २००९को दिन आफु लस भेगसको नाइट क्लबमा पाहुना सत्कार गर्ने एक मोडलको रुपमा कार्यरत रहेको र रोनाल्डो आफ्नो नातेदारको साथमा भिआइपी रुममा रहँदा आमने सामने भेटको फाइदा उठाउँदै राती एक्लै बनाई बलात्कार गरेको पत्रिकामा बयान दिएकी छिन् ।

२०७५ असोज १४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड