आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
४२८ पटक

काठमाडौं । नेपाल प्रहरीबाट अवकासप्राप्त पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्का सामाजिक संजालको दुरुपयोग गरी अश्लिल गाली गरेको आरोपमा पक्राउ परेका छन् ।

खड्कालाई साईबर अपराध सम्बन्धी मुद्धामा नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिए ।

खड्काले चलाउँदै आएको फेसबुक आईडीबाट आफ्नै बुहारीलाई अश्लिल गालीगलौज गरेको म्यासेज पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

खड्काकी भाईबुहारी सुमन खड्काले दिएको साईबर अपराध विरुद्धको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएको एसएसपी सिंहले बताएका छन् ।

नेपालगञ्ज स्थायी घर भएका पूर्व डिएसपी खड्का र उनको भाई–बुहारीको बीचमा विगत पाँच बर्षदेखि अंश मुद्धा चलिरहेको छ । खड्कालाई नेपालगञ्जबाट आईतबार नियन्त्रणमा लिएर काठमाडौं ल्याएको बताइएको छ ।

२०७५ असोज ९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...