इमान्दार संवाददाता
२३९ पटक

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति चुनावमा आफ्नो जित भएको दाबी गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुले पनि वर्तमान राष्ट्रपति अब्दुला यामिनमाथि विपक्षी नेता सोलिहले धेरै मतान्तर बनाएको जनाएका छन् । माल्दिभ्स इन्डिपेन्डेन्ट वेबसाइटका अनुसार कूल ४७२ मतपेटिकामध्ये ४३७ मतपेटिकाको मत गणना हुँदा विपक्षी नेता सोलिह धेरै मतले अगाडि रहेको जनाएको छ ।

तर त्यहाँको निर्वाचन आयोगले भने अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन । सुरुआती नतिजा आउन थालेपछि सोलिहले राजधानीमा खुसीयाली मनाएका छन् । उनले राष्ट्रपति यामिनलाई जनताले दिएको मत स्वीकार गर्न अपील गरेका छन् ।

सोलिहले राष्ट्रपति निर्वाचनमा आफू १६ प्रतिशत बढी मत ल्याएर जितेको दाबी गरेका छन् । स्थानीय सञ्चारमाध्यमले हालसम्म ९२ प्रतिशत मतगणना भइसकेको जनाएका छन् । (एजेन्सी)

२०७५ असोज ८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड