आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१०६ पटक

काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई रिहाईको लागि सर्वोच्च अदालत बाहिर नाराबाजी र प्रदर्शन भएको छ । शुक्रबार सर्वोच्चले चौथो पटक रिहाईको आदेश गरेलगत्तै प्रहरीले पुनः गिरफ्तारीको तयारी गर्दैगर्दा नेकपा कार्यकर्ता र समर्थक तथा शुभचिन्तकहरुले रिहाईको माग गर्दै नारबाजी गरेका थिए ।

सर्वोच्च अदालतको आदेशको पालन नगरेर पटकपटक गिरफ्तार गर्न आदेश दिएको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजिनामा समेत मागेका थिए । प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गर्दा नजिकै नाराबाजी भइरहेको थियो ।

गैरकानूनी रुपमा थुनामा राखको भन्दै विरेन्द्र विश्वकर्माले रिहाइको माग गर्दै दायर गरेको रिटमाथि न्यायाधीश अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले प्रकाण्डलाई शुक्रबार नै अदालतको मुख्य रजिष्ट्रारको रोहवरमा छाड्न आदेश दिएको थियो । तर, प्रहरीले दुवै नेतालाई रिहा लगत्तै पक्राउ गरेको छ । रिहापछि प्रकाण्डको यो पाँचौ पटकको गिरफ्तारी हो ।

शुक्रबार नै नेकपाकी पोलिट्ब्यूरो सदस्य उमा भुजेललाई पनि रिहा गर्न सर्वोच्च अदालतले आदेश गरेको थियो । भुजेललाई पनि प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

२०७५ भदौ ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...