इमान्दार संवाददाता
१६४ पटक

प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठुलो महत्व राख्ने गर्छ ।

कोठीको सम्बन्ध मानिसको धन, पारिवाकि भाग्य तथा स्वास्थसँग भएको विश्वास मानिदै आइरहेको छ । के तपाई जान्न चाहानुहुन्छ त तपाईको पारिवारिक भाग्य, धन तथा स्वास्थ्य कस्तो रहेको छ ?

१. कन्चटमा कोठी भएमा

कन्चटमा कोठी हुनेलाई धेरै घुम्ने अवसरहरु प्राप्त हुन्छन् । यो अवसर जागिर गरिरहँदा अथवा घुमेर आनन्द लिनेहरुले प्राप्त गर्नेछन् ।

२. कोठी आँखी भौहरुको बिचमा भएमा

आँखी भौबिच कोठी भएमा करिअर क्षेत्रमा तपाईको करिअर विकास र वृद्धिमा तालमेल हुनेछ । यसको मतलब तपाईको तलब वृद्धि, प्रोमोशनमा यस्ता खाले कोठीको सम्बन्ध रहेको हुन्छ ।

३. कोठी आँखी भौको तल भएमा

यदि तपाईको कोठी आँखी भौको तल छ भने यसको सम्बन्ध तपाईको घरसँग जोडिएको हुन्छ । तपाई घर परिवारसँग सजिलै घुलमिल हुनुहुन्छ र नेतृत्व गर्ने क्षमता पनि राख्नुहुन्छ ।

४. माथिल्लो ओठमा कोठी भएमा

यदि तपाईको माथिल्लो ओठमा कोठी छ भने तपाई खाना तथा कपडाका विषयलाई लिएर निकै चिन्तित गर्नुहुन्छ । तपाई अरुसँग अन्तरक्रिया गर्न तथा साथीहरुबिच चर्चित हुनुहुन्छ ।

५. गालामा कोठी भएमा

इदि तपाईको गालामा कोठी छ भने आफ्नो कार्यक्षेत्रमा तपाईको शक्तिशाली प्रभाव रहनेछ । त्यस्तै तपाईको धनमा पनि उल्लेख वृद्धि हुने संकेत गर्छ ।

६. हत्केलामा कोठी भएमा

यदि तपाईको हातमा कोठी छ भने तपाईलाई कहिल्यै पनि पैसाको कमी हुनेछैन । तपाई स्मार्ट, आशावादी तथा सजिलै नेतृत्व गर्ने क्षमता राख्ने व्यक्तित्व हुनेछन् ।

७. पैतालामा कोठी भएमा

तपाईको पैतालामा कोठी भएमा तपाईलाई धेरै घुम्ने अवसर मिल्नेछ जसका कारण तपाई जहिले पनि उत्साहित तथा रमाइलो गर्ने व्यक्तित्व हु्न्छन् । एजेन्सी ।

२०७५ भदौ २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड