इमान्दार संवाददाता
२७० पटक

काठमाडौँ ।

यतिबेला एउटा खबर चर्चित छ । त्यो हो कोलम्बियाको सोंब्रा नामको एक जर्मन सेफार्ड कुकुर । यस कुकुरले हालका दुई बर्षमा १ अर्ब रुपैयाँ बराबरको लागूऔषध तस्कर पक्राउ गराएको छ ।

लागूऔषधको ओसारपसार गर्नेहरूका लागि यो कुकुर बाधा बनेको छ । यही कुकुरबाट छुटकारा पाउनका लागूऔषध तस्करले यो कुकुरको टाउकाको मूल्य ७० लाख तोकेका छन् । उनीहरुले उक्त कुकुर मार्नेलाई उक्त रकम पुरुष्कार दिने घोषणा गरेका हुन् ।

तस्करहरूले यो सन्देश फैलाउँदै कुकुरलाई जिउँदै या लास ल्याएमा यो पुरुष्कार दिने घोषणा गरेका हुन् । प्रहरीले नै यो खबर बाहिर ल्याएको हो । जर्मन सेफार्ड सोंब्रा पछिल्लो २ बर्षदेखि कोलम्बियाको प्रहरी विभागमा काम गर्दै आइरहेको छ र हालसम्म २४५ अपराधीलाई पक्राउ गराइसकेको छ । सोंब्राको अधिकाशं ड्यूटी एयरपोर्टमा पर्ने गर्दछ ।

सोंब्राले सन् २०१७ मा १.१ टन कोकिन बरामत गराएको थियो । प्रहरीले पनि यस कुकुरलाई विशेष सुरक्षाको व्यवस्था गरेको छ । यस कुकुरको उमेर ६ बर्ष रहेको बताइएको छ । अहिले यस कुकुरले सेलिब्रेटीको दर्जा हासिल गरेको छ ।

२०७५ साउन २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड