५४० पटक

महादिप पोख्रेल

बिगत केही महिना देखि संसदीय प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई अधिनायकवादी भनेर आलोचना गरिरहेको छ । अधिनायकवाद र लोकतान्त्रिक ब्यबस्थालाई एक अर्काका बिपरित ब्यबस्थाका रुपमा बुझ्ने गरिन्छ ।

दुई तिहाइको दम्भ र कार्यशैलीको कारणले बिपक्षी प्रती अनुदार यो सरकारलाई एक ढंगले हेर्द यो आरोप स्वभाबिक नै लाग्न सक्छ, तर यो सरकार अधिनायकवादी हो होइन एकछिन चर्चा गरौं :-

१) आबधिक निर्बाचन, चुनावी प्रतिस्पर्धा, सबैभन्दा ठूलो पार्टीको सरकार अनि प्रतिपक्ष संसदीय ब्यबस्थाको बिशेशता हुन । यहाँ सरकार बनाउनु भनेको म्युजिकल चियर खेल्नु जस्तै हो ।

त्यसलै सरकारवाला र प्रतिपक्षी बिच एक आपसमा अधिनायकवादी, भ्रष्टाचारी, अन्यायी भनेर दोहोरी खेल्नु सामान्य हो । भारतमा पनि मोदीको सरकारलाई कांग्रेस आईले बेलाबेलामा अधिनायकवादी भनेर आलोचना गर्दछ । अमेरिकी ट्रम्पको सरकारको पनि आलोचना भएको छ । अहिले त्याहाँको डेमोक्रेटिक पार्टीले अमेरिकी प्रजातन्त्र खतरामा छ भनेको छ ।

२) यो सरकार वास्तविक कम्युनिस्टहरुको होइन । वास्तविक कम्युनिस्टले बल पुर्बक सत्ता जित्न सफल भएको भए त्यहाँ सर्बहारा अधिनाकत्व अन्तर्गत कै ब्यबस्था हुन्थ्यो । उनिहरुले सामन्त, वैदेशिक साम्राज्यवादका पृष्ट्पोषक, दलाल पुजिपती माथी अधिनायकवाद लागू गर्थे र ९० प्रतिशत जनाताको अधिनायक्त्व १० प्रतिशतमाथी लागू हुने हुदा उक्त ब्यबस्था सकारात्मक अधिनायकवादी हुन्थ्यो भन्न सकिन्छ ।

सच्चा कम्युनिस्टहरु साम्यबादी हुने भएकोले उनिहरु बास्तबमा अधिनायकवादी हुनै सक्दैनन । किनकी साम्यबादमा कुनै सत्ता नै हुदैन, शासक र शासित दुबै नहुनाले त्यहाँ पुर्ण लोकतन्त्र हुन्छ, मानबताबादको राज हुन्छ ।

नेपाली कांग्रेसले यो सरकारलाई अधिनायकवादी भन्नू भन्दा पहिले यो सरकार कसरी आएको हो ख्याल गर्नुपर्ने थियो । जबकी अर्को संसदीय निर्बाचनमा उनिहरु पनि उस्तै प्रक्रियाद्वारा सरकारमा आउन सक्ने सम्भावना पुरै मरिसकेको छैन ।

३) ब्यबहारत यो सरकारमा दुई तिहाईको दम्भ छ र संसदीय प्रतिपक्षीहरुप्रती पनि अनुदार छ । बिशेश गरि अहिलेका प्रधानमन्त्री ओली र प्रचण्डले नेपाली कांग्रेसलाई तुच्छ शब्दहरू प्रयोग गरि आलोचना गर्छन । यसैबिच पनि कांग्रेस सिद्दियो, गोबिन्द के सीको बैसाखी टेकेको छ, माइतीघर मण्डालामा सिमित छ, आदि जस्ता शब्द र बाक्यांस प्रयोग भएका छन ।

भर्खरै मात्र प्रधानमन्त्रीले आफ्नो सरकार विरुद्ध यु स ए र युरोपबाट डलरको खोलो बगाएको कुरो गर्नुभएको छ तर डलर भित्र्याउने अधिकांश आइएनजिओमा आफ्नै पार्टीको बर्चस्व भएको बिर्सनुभयो कि ? त्यति मात्र नपुगेर यो क्रान्तीकारी शक्तीहरुप्रती असाध्य निर्मम छ । बिप्लब, मोहन बैद्य, आहुती आदीलाई राष्ट्रद्रोही देख्न थालिएको छ ।

उनिहरुसँग कुरा गर्न रुचाउनु हुन्न । प्रधानमन्त्री ओलीले आफू पनि १४ बर्ष जेल बसेको र गृहमन्त्री थापाले १० बर्ष छापामार युद्ध गरेको बिर्सिएका हुन कि कुन्नी ! उनिहरु संबिधान प्रदत्त अधिकारलाई समेत कुल्चेर थुनछेक र दमनमा उत्रेको छ । बार्ता र छलफल गर्ने चाहना राख्दैन । देशमा फेरि गृहयुद्धको खतरा बढेर गएको छ । आर्थिक समृद्धी र राष्ट्रियताको जति नारा फलाके पनि व्यबहारमा त्यस्तो छैन ।

स्मार्ट सिटी, पानीजहाज, रेल, पाइपलाइनद्वारा ग्यास बितरण आदीको कुरा गरेपनी यो सरकार बाटोको खाल्डाखुल्डी, धुलो, धुवा र बेलाबेलाको प्राकृतिक बिपत्ति बिचै अल्झिएको छ । राष्ट्रियताको कुरो गर्छ, तर वैदेशिक शक्ति केन्द्रहरु अगाडी लम्पसार पर्छ । आजका दिनसम्म पनि नेपाल भन्ने देशको स्वतन्त्र परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीति छैन ।

अनेकन समयका प्रधानमन्त्रीहरु ओहदाको प्रमाणपत्र चढाउन गए जस्तै गरि सपथग्रहण तत्काल नै ईन्डियाको भ्रमणमा जान्छ्न र अनेकन बुँदामा राष्ट्रघाती संन्धी, सम्झौता, सहमती गर्छन ।

यी सब हर्कतबाट नेपाली जनता प्रताडित भैरहेका छन। त्यसकारण यो सरकार प्रतिपक्षी नेपाली कांग्रेस प्रती होइन नेपाली जनाताको निम्ति अधिनायकवादी, फासीबादी बन्दैछ। यस बिषयमा कांग्रेसले के ध्यान दिन सकोस् , बिचारा ! उ पनि त उहीँ ड्याङको मुला हो नी ।

४) आफुलाई प्रजातान्त्रिक ठान्ने शक्तीहरुले कम्युनिस्टहरुलाई आलोचना गर्दा बिशेशगरी अधिनायकवादी भन्ने गरिन्छ । यसमा को असली हुन, को नक्कली कम्युनिस्ट हुन भनी बिचार गरेको पाइदैन ।

सोभियत सँघ रुसको विघटनमा पनि उनिहरुको यस्तै गलत मुल्यांकन भएको थियो । जबकी प्रजातान्त्रिक भन्नेहरूले सोभियत सँघको विघटनमा समाजबादको मृत्यु भयो भनी खुशीयाली मनाए तर त्यहाँ धेरै बर्ष अघि ख्रुश्चेबको उदय सँगै समाजबादको अबशान भैसकेको थियो ।

त्यहाँ जे ढल्यो, त्यो सामाजिक फासीबाद थियो । सामाजिक फासीबादको पतन पछी बिश्वमा संसदीय ब्यबस्थाको लहर चलेकै हो र क्रान्तीकारी शक्तीहरु उक्त परिघटना पछी पनि अफेन्सिभ हुन सकेनन,डिफेन्सिभ नै हुन पुगे ।

लिडरशिप र कार्यदिशाको संकट बाट गुज्रीन पुगे, जुन अबस्था अद्यावधि कायमै छ । यसलाई समाजबादको असफलता होइन कि सामाजिक फासीबादीको असफलता हो भन्ने कांग्रेसले बुझेको छैन ।

नेपालमा पनि बर्तमान सरकार संसदीय विपक्षीलाई पेल्ने मात्र होइन संसद बाहिर रहेका क्रान्तीकारीहरुप्रती दमनचक्र चलाइरहेको छ । उ आफैले फलाकेर नथाक्ने आर्थिक समृद्धी र राष्ट्रियताको बिषयमा रत्तिभर प्रगती छैन ।

यसका नेताहरू वर्गसंघर्षको कुरा त गर्छन तर जनतासँग उल्टो वर्गसंघर्ष गरेका छन । देश भित्र किसान, मजदुर दिनानुदिन पिडित हुँदै जाने तर माफिया, तस्कर, नाफाखोरहरू मोटाउदै जाने स्थिती छ । उनिहरुको प्रगती दिन दुगुना र रात चौगुना भैरहेको छ । स्थानीय निकायले साइकल, कुखुरा, बाख्रा समेतको कर लिन थालेको समाचारहरु आएका छन ।

जन्म, विवाह, मृत्यु दर्ता र बसाइँसराइमा समेत महङ्गो कर लिइएको छ भने शिक्षा, स्वास्थ्य र बुढेसकालको सामाजिक सुरक्षा तर्फ राज्य गैरजिम्मेवार हुँदै गैरहेक छ ।

त्यसकारण यो सामाजिक फासिबाद तर्फ अग्रसर सरकार हो । तर नेपाली कांग्रेस लगायत केही संसदीय पार्टीहरुले यो सरकारलाई कम्युनिस्ट सरकार, अधिनायकवादी भन्नु राजनैतिक ढंगले सही होइन, यो केबल एउटा फत्तुर बाहेक केही होइन ।

कथमकदाचित अर्को निर्बाचन मार्फत उनिहरु सरकारमा आउन सफल भएपनी उनिहरुले गर्ने पनि उस्तै हो । नेपाली जनताको तर्फबाट सरकारको सामाजिक फासीबादी कदमहरुको बिरोध र शसक्त घेराबन्दी गर्नुको विकल्प छैन ।

अन्यथा देश विघटन तर्फ जाने खतरा बढेर गएको छ। प्रतिपक्षी कांग्रेस लगायत अन्य पार्टीहरुलाई घृणित राजनैतिक दाउपेचबाट मुक्त हुँदै रास्ट्रको बारेमा सोच्ने शक्ति मिलोस । संसद बाहिरका क्रान्तीकारी शक्तीहरु पनि ब्यापक रुपमा जनताको बिचमा जान सकुन।
अन्त्यमा सबलाई चेतना भया ।

२०७५ साउन ११ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड