आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपा छोडेका मल्ल, न्यौपाने र पोखरेल माओवादी केन्द्रमा प्रवेश !

प्रकाशित
22.6K
SHARES

बिहिबार नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका झक बहादुर मल्ल, पुष्प न्यौपाने र किरण पोखरेलसहित ९ जना नेता कार्यकर्ताहरु नेकपा (माओवादी) केन्द्रमा परवेश गरेका छन् ।

उनीहरुले शुक्रबार साँझ अवेर प्रचण्डनिवास पुगेर पार्टी प्रवेश गरेका हुन् । नेकपा छोडेर माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

एउटा कोठा भित्र राखिएको पार्टी प्रवेश कार्यक्रममा मल्लले आफुहरु क्रान्तिको खोजीमा गएको र क्रान्तिको खोजी गर्दा गर्दै नभेटेपछि फर्केको प्रतिक्रिया दिएका छन् । भने स्वागत गर्दै प्रचण्डले बिहान राम्रो कामकालागि निस्केर दिनभरी खोज्दा पनि नभेटी साझ घर फर्केकाले आफुले नव प्रवेशीहरुलाई कुनै भेदभाव नराखी पार्टी कामको जिम्मा दिने बचन दिएका छन् ।

मल्ल र न्यौपानेले बिहीबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा पार्टी छोडेको स्टाटस हालेपछि नेकपाले निष्काशन गरेको थियो भने किरण पोखरेललगायत अन्य ७ जना खुसुक्क प्रचण्डकहाँ पुगेर पार्टी प्रवेश गरेका हुन्।

यता नेकपाले भने सुदिप मल्ल र पुष्प न्यौपानेहरुले पार्टी भित्र अराजकता मच्चाएको, पार्टीको अनुशासन उलंघन गरेको, पदीय शक्तिको दुरुपयोग गर्दै काठमाडौँमा चन्दा अशुल गरी अकुत सम्पत्ति जम्मा गरेको र त्यसको संरक्षणका निम्ती पार्टी फेरेको आरोप लगाएको छ ।

यो पनी पढ्नुहोस्

नेकपाको विज्ञप्ति आएपछि मल्लले भने- ‘आरोप प्रमाणित गरेर देखाउ’

चन्दा अशुली र अपहरण धन्दामा लागेको भन्दै नेकपाले नेता मल्ललाई निष्काशन गर्यो

 

प्रतिक्रिया