आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
३११ पटक

विवश कुमार सेजुवाल

जब म सधैं हिड्ने बाटाहरुमा
लाग्छ अब कहिल्यै हिड्ने छैन ।
ति थकाइ मेटाउने चौतारीहरुमा
लाग्छ अब कहिल्यै निर्धक्क बस्न सक्ने छैन ।
बाटाहरु फेरिएका हुन् या चौतारी
फेरिएकाहरु भित्र म नदेख्ने भए ति मेरा प्यारा दौँतरी ।
म आफू फेरिने त अनेक कारणहरु थिए ।
नफेरिएकाहरुले किन चोट दिन्छन् अनेक थरी ।
जब उनिहरुको बिचमा हुन्छु
फेरि निशब्द, मौन,
तिम्रो सम्झनामा ।

तिम्रो आँखामा देखिने आगो
आज सधैंका लागि निभेको देखेको छु ।
तिम्रो निधारमा देखिने त्यो चमक
आज सधैंका लागि ओइलिएको देखेको छु ।
हाम्रो खुसीमा तिम्रो छाती भित्र नाच्ने
ति सुन्दर रक्तबिचहरु
आज खै कता हराएको देखेको छु ।
जब म तिम्रो आँखा भित्र हुन्छु ।
अनि तिमी रुने ठाउँमा म आफै रुन्छु
तिम्रो सम्झनामा ।

आँसु झरेर आँखा सेलाएका छैनन् ।
उनीहरुको ओठमा देखिने ती मुस्कानहरु
हाम्रा भने पटक्कै होइनन् ।
छाती पिटिरहेका ती कोपिला
आज बेखबर जस्तै छन्
तिम्रो उस्तै तर फरक
बलिदान र बिरताको गाथा सम्झिदा
ताराहरु झरेर आकाश कहिल्यै रित्तो हुदैन ।
बन डडेलोले खादैमा मृग कहिल्यै भोको हुदैन

छाती भित्र जत्रो हुटहुटी चले पनि
मनले भन्छ अहँ पटक्कै रुनुहुदैन ।
तर अनायासै बर्सिने बर्षाहरु
आँखाको परेलीमा छुनु त कहिल्यै हुदैन ।
यी सब थोक
तिम्रो सम्झनामा

समाप्त

२०७५ असार २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...