आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१०६५ पटक

ज्यो. महेन्द्र भण्डारी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मेष राशिलाई यो महिना सामान्य छ । शारीरिक तनाव र बोझ बढेर जाने, स्वास्थ्यमा समस्या आइपर्ने तथा पारिवारिक झैझमेला बढ्ने सम्भावना छ । परिवारमा आर्थिक समस्या बढ्ने, नचिताएको ठाउँमा खर्च बृद्धि हुने तथा सञ्चित धन नाश हुने योग छ । दाम्पत्य तथा प्रेम जीवनमा तनाव आउने संभावना छ महिनाको अन्तिमतिर लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
वृष राशिलाई यो महिना सुखद रहने छ । धनसम्पत्ति र सुखसुविधा आर्जनका काम हुने, आत्मविश्वास बढ्ने योग छ । समाजिक प्रतिष्ठा बढ्ने तथा सम्मान पनि प्राप्त हुने योग परेको छ । घरपरिवारको सहयोग मिल्नुका साथै लाभदायक यात्रा पनि हुनेछ । आम्दानीका नयाँ मार्ग भेटिने वा नयाँ व्यावसायिक क्षेत्रका काम अघि बढ्ने पनि संभावना छ । आकस्मिक धन प्राप्ति हुने र परिवारमा माङ्गलिक कार्य हुने संभावना पनि छ । इष्टमित्रको सहयोग मिल्ने र परिवारजनसँग भेटघाट हुने योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मिथुन राशिका लागि यो महिना त्यति सुखद देखिँदैन । अधिक तनाव हुने तथा क्षणिक आवेग र उन्माद बढेर जाने र गलत निर्णयका कारण धनहानी हुने सम्भावना छ । खर्चको मात्रा बढ्ने, व्यवसायिक क्षेत्रबाट घाटा बेहोर्नु पर्ने सम्भावना पनि छ । स्वास्थ्य समस्या आउने, पारिवारिक समस्या बढेर जाने, मित्रजनबाट धोका हुने योग परेको छ । महिनाको उत्तराद्र्ध भने केही सुखद हुने र शुभ समाचार प्राप्त हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कर्कट राशिका लागि यो महिना केही अनुकूल हुनेछ । इच्छा गरेका वा थाकेका कामहरु पूरा हुने, शरीरमा जाँगर बढ्ने आफन्तीको सहायता मिल्ने योग छ । व्यवसायिक कामहरु सफल हुने आर्थिक लाभका कामहरुको थालनी हुने, दाम्पत्य जीवन तथा प्रेमसम्बन्धबाट सुख प्राप्त हुने योग छ । यातायातका वस्तुहरु तथा बैदेशिक क्षेत्रबाट लाभ प्राप्त हुनेछ । तर सममूहिक तथा साझेदारका काममा विवाद हुने सम्भावना पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सिंह राशिका लागि यो महिना मध्यम किसिमको रहनेछ । कामको चाप वा व्यस्तता बढ्ने, व्यवसायिक/व्यापारिक दृष्टिले फलदायी यात्रा हुने सम्भावना छ । आर्थिक समस्याहरू समाधान हुँदै जाने, व्यापार वा नोकरीका माध्यमबाट प्रशस्त लाभ मिल्नेछ योग छ । धनसम्पत्ति आम्दानीका नयाँ क्षेत्र पहिचान हुने, प्रेम तथा पारिवारिमा आएका समस्या समाधान हुने संभावना छ । शत्रु बढेर जाने तथा गरेका काममा अपजस दिनेहरु सक्रिय रहने योग पनि छ । लामो दूरीको यात्रा हुने तथा चोट पटकलाग्ने सम्भावना पनि प्रवल रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कन्या राशिका लागि यो महिना राम्रै रहेको छ । कार्यमा सफलता प्राप्त हुने, विशिष्ट व्यक्तिसँगको भेटघाट हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक क्षेत्रबाट मानसम्मान प्राप्त हुने, व्यावसायिक एवं रोजगारीका क्षेत्रबाट सफलता हात पर्ने योग छ । पारिवारिक स्वास्थ्यमा धनखर्च हुने समाजमा लोकप्रियता बढेर जाने योग परेको छ । शत्रु परास्त हुने, अचल सम्पत्तिबाट लाभ मिल्ने तथा कलाकारिताको क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
तुला राशिका लागि यो महिना त्यति अनुकूल देखिँदैन । काममा अचानक समस्या देखा पर्ने मिमत्रजनसँग विनाकारण झगडा र विवाद हुन सक्ने सम्भावना छ । स्वास्थ्य समबन्धी समस्याहरु देखापर्ने, सञ्चित धन नाश हुने तथा आर्थिक कारोबारमा समस्या देखापर्ने योग पनि छ । घरायसी समस्या बढेर जाने अचल सम्पतिमा क्षति पुग्नेछ । आफन्तीहरुबाट धोका हुने, काममा अवरोध गर्नेहरु सक्रिय रहने योग पनि छ । आम्दानीभन्दा खर्च अधिक हुने, आकस्मिक धन हानी हुने र सरकारी पक्षबाट असहयोग हुने सम्भावना छ । महिनाको उत्तराद्र्ध भने केही अनुकूल भएर जाने योग परेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
वृश्चिक राशिका लागि यो महिना त्यति राम्रो छैन । यो महिना मानसिक रूपले तनावग्रस्त हुने तथा स्वास्थ्य समस्या पनि बढ्ने सम्भावना सम्भावना छ । व्यवसायिकतथा व्यापारिक साझेदारले धोका दिने, वादविवाद, झैझगडा र समस्याहरू बढ्ने योग छ । विरोधीहरु सक्रिय हुने र प्रतिष्ठामा आघात पुर्याउने काम हुने सम्भावना छ । कार्यव्यस्तता बढ्ने, कार्यमा बोझ बढ्ने योग परेको छ । महिनाको उत्तराद्र्ध भने केही अनुकूल हुने, यात्राबाट लाभ मिल्ने तथा शुभ समाचार प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धनु राशिका लागि यो महिना फलदायी रहने छ । काममा आइपरेका पुराना समस्याहरु समाधान हुँदै जानेछन् । मान सम्मान तथा प्रतिष्ठा बढ्ने सम्भावना छ । आर्थिक आम्दानीका लागि नयाँ कामको थालनी हुने परीक्षा वा प्रतिष्पद्र्धामा सफलता प्राप्त हुने योग छ । आध्यात्मिक तथा धार्मिक क्षेत्रमा रुचि जाग्ने योग पनि परकेको छ । नजिकका व्यक्तिसँग झैझगडा हुने वा तनाव बढ्ने काममा बाधा आउने र काममा ढिलाइ हुने सम्भावना छ । धनमाल हराउने, नोक्सानी र चोरीको सम्भावना पनि छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मकर राशिका लागि यो महिना फलदायी रहेको छ । कार्यमा सफलता प्राप्त हुने, इष्टमित्र तथा आफन्तीको साथ सहयोग मिल्ने, प्रेमसमबन्धबाट सुख प्राप्त हुने योग छ । आकस्मिक यात्राको अवसर आउने, रोगव्याधिले सताउने योग परेको छ । रोगव्याधिको भय र दूर्घटना सम्भावना पनि परेको छ । पारिवारिक झमेला बढ्नाले मानसिक तनावमा बढ्ने तथा आलोचकहरु बढ्ने सम्भावना पनि छ । महिनाको उत्तराद्र्ध भने काही सन्तोष जनक हुने, पारिवारिक समस्याहरु समाधान हुँदै जाने, खर्चमा नियन्त्रण हुने सम्भावना पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुम्भ राशिका लागि यो महिना त्यति सुखद देखिँदैन । अधिक परिश्रम गर्नु पर्ने, गरेका काममा अपजस बेहोर्नु योग छ । गलत सङ्गतले मान सम्मानमा हानी हुने, पारिवारिक स्वास्थ्यका विषयमा अधिक खर्च हुने र चिन्ता बढ्ने समभावना पनि छ । मेसिनरी वस्तुबाट चोट तथा दुर्घटनाको पनि सम्भावना छ । रिस तथा आवेग बढ्नाले नसोचेका काममा अनावश्य हानी हुने सम्भावना पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मीन राशिका लागि यो महिना अनुकूल रहने छ । पारिवारिक जीवन सुखद रहने, आफ्ना थालेका कार्यमा सफलता प्राप्त हुने योग पनि रहेको छ । भ्रमणबाट लाभ हुने, अपरिचित व्यक्तिबाट सफलता प्राप्त हुने सम्भावना छ । आय आर्जनमा बढोत्तरी हुने, घरायसी र पारिवारिक वातावरण सुखद हुने तथा सामाजिक प्रसिद्धि बढेर जाने योग पनि छ । सन्तान वा आफूभन्दा साना व्यक्तिको स्वास्थ्यमा समस्या आउने र अशुभ समाचार सुन्नु पर्ने योग पनि परेको छ ।

२०७५ जेठ २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...