आज : गते

ताजा शिर्षकहरु

बालकृष्णलाई जेल हाल्ने सावित्रीको कम्पनी कालोसुचीमा, अब के हुन्छ गुण्डा नाइके घैटेको लगानी ?

प्रकाशित
16.4K
SHARES

काठमाडाैं ।

सदरखोर डिल्लीबजार रहेका माओवादी नेता बालकृष्ण ढुंगेल विरुद्ध जाहेरी दिनेको कम्पनी कालोसूचीमा परेको छ । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका ढुंगेल हालै ललितपुरको सातदोबाटोबाट पक्राउ परेका थिए ।

१२ वर्ष पाँच महिना २२ दिन जेल जेलको चिसो हावा खान गएका ढूंगेल विरुद्ध उजुरी दिने सावित्री श्रेष्ठको कम्पनी कालोसुचीमा परेको हो । कर्जा सूचना केन्द्रले ठूला र चर्चित भनिएका व्यवसायीसहित प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’को अदृश्य लगानी रहेको कम्पनीलाई कालोसूचीमा राखेको छ ।

केन्द्रले सार्वजनिक गरेको पछिल्लो कालोसूचीमा एयर एसिया प्रालिको जनरल सेल्स एजेन्ट (जीएए) लिने इन्सेन्टिभ ग्रुप अफ कम्पनीका सञ्चालक समिति अध्यक्ष हरिमान लामासहित अन्य सञ्चालक परेका छन् ।

आफ्ना भाई ओखलढुंगा पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा उनले ढुंगेल बिरुद्ध प्रहरीमा जाहेरी दिएकी थिईन । एयर एसियामा गुण्डा नाईके घैंटेले ५० लाख भन्दा बढि रकम लगानी गरेको इन्काउन्टरपछि खुलेको थियो । तर अध्यक्ष हरिमान लामाले भने उक्त कुरालाई अस्वीकार गर्दै आएका छन् ।

लामाको समूहद्वारा सञ्चालित इन्सेन्टिभ ट्राभल्स एन्ड टूरले एयर एसियाको जीएसए लिएर नेपालमा वायु सेवा सम्बन्धी काम गर्दै आएको छ । अध्यक्ष लामासहित गणेशमान लामा, सावित्री श्रेष्ठ र मञ्जु तामाङ लामा पनि कालोसूचीमा परेका छन् ।

हामीलाई प्राप्त समाचार अनुसार उनीहरुलाई सूचना केन्द्रले गत मंसिर ३ गते कालोसूचीमा राखेको हो । कर्जा सूचना केन्द्रको स.नं.५६८७ र कालोसूची नम्बर १०१०५ मा उनीहरुलाई कालोसूचीमा राखिएको छ ।

प्रतिक्रिया