• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज यी पाँच प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना

    100
    SHARES

    काठमाडौं । देशभर पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने लुम्बिनी प्रदेशसहित बाँकी पहाडी भूभागमा आंशिक बदली देखिएको छ। बाँकी भूभागमा मौसम मुख्यत: सफा रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

    दिउँसोको मौसम पूर्वानुमान
    आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ भने मौसम मुख्यत: सफा रहनेछ। साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा अन्य पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ। अपराह्नतिर कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

    रातिको मौसम पूर्वानुमान
    आज राति कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यत: सफा रहनेछ। देशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना छ। साथै, कोशी प्रदेश र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ। साथै, कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरिएको छ।

    मौसमका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ