• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    केन्यामा फोहोरको थुप्रोमा भेटियो आठ महिलाको टुक्रा–टुक्रा पारिएको शव, अनुसन्धान गर्दै प्रहरी

    631
    SHARES

    काठमाडाैं । केन्यामा फोहोरको थुप्रोमा आठ महिलाको शव भेटिएकाे छ । केन्याका कार्यबाहक प्रहरी प्रमुखकाअनुसार नैरोबीको सुकुमवासी बस्तीको फोहोर फाल्ने स्थानबाट आठजनाको शव फेला परेको हाे ।

    कार्यबाहक प्रहरी प्रमुख डगलस कान्जाले पत्रकार सम्मेलनमा भने, ‘तिनीहरूलाई टुक्रा–टुक्रा पारिएको, सडेको विभिन्न अवस्थामा बोरामा छोडिएको थियो ।’

    कान्जाका अनुसार पहिलो ६ जनाको शव शुक्रबार र अन्य दुई महिलाको शव शनिबार फेला परेको थियो। उनले थपे, ‘म सबै नागरिकलाई आश्वस्त पार्न चाहन्छु कि हामी पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्न प्रतिबद्ध छौँ ।’

    कान्जाले अनुसन्धानमा जनसहयोगका लागि आह्वान गर्दै यस्ता जघन्य घटनाका दोषीलाई कानुनी कठघरामा ल्याउने बताएका छन्।

    गत महिना सरकारविरोधी प्रदर्शनका क्रममा दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएको थियो । जनआक्रोश बढेपछि केन्याका प्रहरी प्रमुख जाफेट कुमेले पदबाट राजीनामा दिएपछि कान्जाले यसै साता मात्र पदभार ग्रहण गरेका हुन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ