काठमाडाैँ । हिजाे रातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका १५ तोरीबारीमा पहिरोमा परी १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको हाे भने ४० वर्षीया हिरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका छन् ।
गम्भीर भएका उनीहरूको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको पंहरीले बताएकाे छ । तोरीबारीमा पहिरोले चार घर पुरेको छन् भने अन्य पाँच घर उच्च जोखिममा रहेका छन् ।
प्रतिक्रिया