• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    555
    SHARES

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा  पूर्वदेखि पश्चिमसम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ । जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रही कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक ,दुई  स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  तथा मधेस प्रदेशका १ दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।   त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक /दुई  स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको माैसम विभाले जनकारी दिएकाे छ।

    आज राति मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको केही  स्थानमा मुसलधारे भारी वर्षाको पनि सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने  बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन  महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ