• आज :

ताजा अपडेट

  • News Portal

    • आज :
    समाचार

    गणतन्त्र प्राप्ति भएसंगै देशमा विकासकाे कामअघिबढ्दै , पूर्वमन्त्री कार्की

    488
    SHARES

          काठमाडाैं  ।   पूर्वमन्त्री   ज्ञानेन्द्रबहादुर  कार्कीले गणतन्त्र प्राप्ति भएपछि विकासका कामहरूले फड्काे मारेकाे  बताएका छन् ।  गणतन्त्र दिवस–२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीपश्चात् उनले मुलुक विकास र आर्थिक समृद्धिको दिशामा अगाडि   लम्केकाे  बताए हुन् ।

    उनले देश विकासको गतिमा फड्को मारिरहे पनि गतिलाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । उनले पछिल्लो दशकमा कूल गार्हस्थ उत्पादन  र ‘परक्यापीटल इन्कम’ पनि वृद्धि भएको जानकारी दिए । “विकासको गति सुस्त होला तर, गति अवरुद्ध छैन”, उनले भने, “अहिले गाउँमा विकास भइरहेको छ, अर्बौँ रुपियाँ खर्च पनि भइरहेको छ ।”

    “मुलुकको आर्थिक विकास कतातर्फ गइरहेको छ भनेर सूक्ष्म ढङ्गले प्रदर्शनीलाई हेरेर विश्लेषण गर्न सक्छौँ”, पूर्वमन्त्री कार्कीले भने, “तर, अहिले समाजमा जुन किसिमको नकारात्मक सोच र प्रचार गर्ने प्रवृत्ति बढेको छ, त्यसले हाम्रो बिचमा दुबिधा सिर्जना गरेको छ । यसलाई राम्रोसँग प्रचार गर्न सक्नुपर्दछ ।”

    मन्त्री  कार्कीले गाउँमा विकासका पूर्वाधार पर्याप्त भए पनि गाउँ खाली हुँदै गइरहेकोमा चिन्ता प्रकट गरेका छन् । उनले  मुलुकको सम्भावनालाई जनताले अनुभूत गर्ने किसिमले अगाडि बढाउनुपर्ने आवश्यकता रहेको धारणा राखे ।

    यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर समेटिएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ