आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महाअभियोग सिफारिस समितिको बैठक सर्‍यो, अर्को बैठक कहिले बस्छ ?

प्रकाशित
188
SHARES

काठमाडौं । आज बिहान साढे आठ बजे बस्ने भनिएको महाअभियोग सिफारिस समितिको बैठक सरेर आजै दिउँसो १ बजे बस्ने भएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानको क्रममा नाम लिएका सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आज बिहानको बैठकमा बोलाइएको थियो ।

तर, न्यायाधीशहरुले समितिको बैठकमा नआउने भनेपछि बैठक दिउँसो १ बजेलाई सारिएको समितिका सचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिए । दिउँसो १ बजे पूर्वन्यायाधीशहरुलाई बोलाइएको छ ।

जबराले नाम लिएका कानुन व्यवसायीहरुलाई पनि समितिले आजै सोधपुछ गर्दैछ । कानुन व्यवसायीहरुलाई दिउँसो ३ बजे बोलाइएको समितिका सचिव गौतमले जानकारी दिए ।

प्रतिक्रिया