आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ख्वप भक्तपुर मिनिबस यातायातविरुद्ध व्यवसायीहरुको आन्दोलन

प्रकाशित
250
SHARES

काठमाडौँ। ख्वप भक्तपुर मिनिबस यातायात प्रालिले एकलौटी संचालक समितिको निर्वाचन प्रक्रिया थालेपछि असन्तुष्ट व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । आधा भन्दा बढी व्यवसायीलाई बाहिर राखेर निर्वाचन प्रक्रिया थालेपछि उनीहरु आन्दोलित बनेका हुन् ।

ख्वप भक्तपुर मिनिबस यातायात प्रालिले १ सय ९५ जना सदस्यलाई निर्वाचनबाट बन्चित गराइ १ सय १ जनाको मात्र मतदाता नामावली प्रकाशन गरेपछि बिरोधमा उत्रनु परेको यातायात व्यवसायी बद्रि कोजुले बताएका छन् । प्रालिको निरङ्कुश र स्वेच्छाचारिताबिरुद्ध संघर्षको बिकल्प नभएको उनको भनाइ छ ।

तत्कालिन मिनिवस व्यवसायी समितिमा ३ सय बढी व्यवसायी रहेको भएपनि प्रालि बनाउदा १ सय १ जना राखेर बनाएको र उनीहरुलाई मात्र मतदाता मानी नामावली प्रकाशन गरिएको भन्दै व्यवस्थापन पक्षले आफ्नो बचाव गरिरहेको छ । आन्दोलित पक्षले भने प्रालिमा मनोमानी गर्न २५ प्रतिशत पलायन भएका व्यवसायीलाई राखिएको र उनीहरुको मतले निर्वाचित हुने दाउ खोजिएको दाबी गरेको छ ।

अहिले प्रालिले २ सय ९५ जना व्यवसायीबाट मासिक ११ हजार उठाइरहेको छ । १ सय १ जना मात्रमा अधिकार भए किन सबैसंग मासिक रकम उठाइयो भन्ने कुराले पनि आन्दोलित व्यवसायीहरु आक्रोशित बनेका छन् । कानुनको आडमा पेशागत व्यवसायमा राजनीति गर्न खोजिएको र त्यो आफूहरुलाई मान्य नहुने उनीहरुको भनाइ रहेको छ ।

प्रालिले शनिवारका लागि तय गरेको निर्वाचनमा निर्वाचन समितिका संयोजक किरण न्यौपाने द्वारा जारी मतदाता नामावलीमा १ सय १ जना व्यवसायीको मात्र नामावली प्रकाशित गरिएको छ । त्यसमा नअटाएका थप १ सय ९५ जनाले बिरोध जनाएपछि निर्धारित निर्वाचन बिबादित र अन्योलग्रस्त बनेको छ ।

प्रतिक्रिया