आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

व्यापक आलोचनापछि गाउँपालिका अध्यक्षकी भान्से श्रीमतीले दिइन राजिनामा

प्रकाशित
264
SHARES

काठमाडौँ। अछामको रामारोशन गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले  आफ्नै श्रीमती जयसरा साउँदलाई गत जेष्ठमा कार्यालय तथा आफ्नो व्यक्तिगत प्रयोजनका लागि भन्दै भान्से पदमा नियुक्त गरेका थिए । गत जेष्ठ १५ गतेदेखि लागु हुनेगरि उक्त पदमा नियुक्त गरेका थिए । उनको गैरकानुनी निर्णयको विभिन्न सञ्चार माध्यम हरुमा समाचार प्रकाशन भएपछि उनले भान्से पदबाट राजिनामा दिएकी छन् ।

उक्त प्रकरणलाई लिएर संचार माध्यम तथा जनस्तरबाट व्यापक आलोचना भएपछि भान्से जयसरा साउँदले राजिनामा दिन बाध्य भएकी हुन् । उनले दिएको राजिनामा स्वीकृत भएको छ । भान्सेपदमा रहि काम गरेवाफत उनको खातामा भुक्तनी दिइएको ३१ हजार ६ सय ३० रुपैया गाउँपालिकाको सन्जित कोषमा दाखिला गरिएको गाउँपालिकाले आज एक सुचना मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया