आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नवलपरासी-१ बाट बिनोद चौधरी सिफारिस

प्रकाशित
356
SHARES

काठमाडौँ। नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरी लगायत ५ जना प्रत्यक्षतर्फ सिफारिस भएका छन् । सो क्षेत्रबाट चौधरीसहित देवकरण कलवार, विक्रम खनाल, कुल्दिप आचार्य र उषा बास्तोलाको नाम सिफारिस भएको हो ।

नेपाली काँग्रेस नवलपरासीका जिल्ला सभापति अजुर्न पोखरेलले सुरुमा दुई जनाको नाम आएपछि चौधरीसहितको नाम थपेर ५ जनाको नाम सिफारिस भएको बताएका छन् । यस्तै प्रदेश सभातर्फ (क) मा विश्वप्रेम पाठक र (ख)मा मुकुल आचार्य सर्वसम्मत सिफारिस भएका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा प्रतक्ष्यतर्फत पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्र नम्बर २ (क) मा मोहन शर्मा सर्वसम्मत तथा (ख) मा बैजनाथ कलवार र नगेन्द्र अग्रहरी सिफारिस भएका छन् ।

प्रतिक्रिया