आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादी प्रदेश १ ले यसअघि सिफारिस भएकालाई उम्मेदवार बनाउदै

प्रकाशित
274
SHARES

काठमाडौँ। सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यसअघि प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्ने भएको छ । माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस अघि सिफारिसमा परेकालाई पुनः सिफारिस नगर्ने भन्दै सर्कुलर समेत जारी गरेको छ ।

बैठकको निर्णयानुसार प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन । समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने तथा हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भएकालाई सिफारिस गरेर नपठाउन मातहतको कमिटीलाई निर्देशन दिएको छ । यसरी सिफारिस भएका नेताको नाम २० भदौभित्र प्रदेश कार्यालयमा पठाउनु पर्नेछ ।

प्रतिक्रिया