आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बाँकेको कोहलपुरमा आफ्नै घरमा मृत भेटिए दम्पती, हत्या भएको आशंका

प्रकाशित
562
SHARES

बाँके । बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् ।

श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ । कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको छ ।

उनीहरुको हत्या भएको आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया