काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा कांग्रेस सजिलोसँग पहिलो पार्टी हुने दाबी गरेका छन्।
मत हाल्न मतदान केन्द्र पुगेका महामन्त्री थापाले भने, ‘लोकतन्त्र र संविधानको रक्षाको लागि भएको गठबन्धन र नेपाली कांग्रेसकै कार्यकर्ताहरूको सक्रियताको कारण पहिलो पाटी बन्नेमा शंका छैन।
महामन्त्री थापाले यसपटक निर्वाचन मतदाता शिक्षा भने प्रभावकारी नभएको बताएका छन्। पार्टी र आयोग दुवैको तर्फबाट मतदाता शिक्षा प्रभावकारी नभएको र मौन अवधिमा मात्रै यसको महसुस भएको उनको भनाइ छ।
थापाले काठमाडौं महानगरपालिका-३१ को मैतीदेवीको केन्द्रबाट मतदान गर्दैछन्।
प्रतिक्रिया