आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेस कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि दोलखाको बैतेश्वरमा तनाब

प्रकाशित
154
SHARES

काठमाडौं। दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा नेपाली कांग्रेस अवरोध गरेका छन्। पालिकाको वडा नम्बर १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले रातिदेखि नै अवरोध गरेका हुन् ।

उनीहरुले बुथ कब्जा गर्न खोजेपछि तनाब उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गंगा पौडेलले जानकारी दिए।उनकाअनुसार मतदाता आउने बाटो अवरोध गरेका कांग्रेस कार्यकर्ताले मतदान केन्द्रमासमेत ढुंगामुडा गरेका छन्।

उनीहरुले ढुंगाबुडा प्रहार गरेर अन्य दलका कार्यकर्तालाई प्रवेश गर्न नै दिएका छैनन्। वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन् ।

अहिले सर्वदलीय बैठक बसेर मतदान शुरु गर्ने प्रयास भइरहेको डिएसपी पौडेलले बताए।

प्रतिक्रिया