आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मतदाता परिचय-पत्र चोरी आरोपमा एकजना पक्राउ

प्रकाशित
313
SHARES

बाजुरा। बाजुराको बुढीगंगा नगरपालिका ९ त्रिशक्ति मावि मतदान केन्द्रबाट २२ वटा मतदाता परिचय-पत्र चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।

मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी देवकी गौतमले बुधबार दिउँसो मतदाता परिचय-पत्र वितरण गर्दै गर्दा स्थानीय विकास थापाले कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय-पत्र लिएको मतदान अधिकृत नरेन्द्र भट्टले बताए।

कर्मचारीले थाहा पाएपछि तत्काल प्रहरीले थापालाई पक्राउ गरी २१ वटा फिर्ता गराएको र एउटा अझै पाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चतुर्भुज ओझाले बताए। थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ की एक महिलाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन्। ३९ वर्षीया दुँठी बुढा भनिने जुनमाया बुढाको ह’त्या आरोपमा पुथाउत्तरगंगा–११ का जयकुमार बुढा, अर्जुन बुढा र कुमारसिंह बुढालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका मध्ये जयकुमार वहालवाला वडाअध्यक्ष हुन् भने कुमारसिंह नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षका उम्मेदवार हुन्। पक्राउ परेकाहरु माथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थपेर घटनाको अनुसन्धान सुरु गरिएको डिएसपी डाँगीले बताए। किटानी जाहेरी परेपछि उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। वैशाख १९ गते चुनावी प्रचारका क्रममा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ता विचमा झडप भएको थियो।

झडपका क्रममा केही घाइते भएका थिए भने जुनमाया वेपत्ता थिईन्। खोजतलासका क्रममा बुढाको शव स्थानीय जंगलमा सोमबार फेला परेको थियो। बुढाको शरीरको विभिन्न भागमा चोट रहेको बताइएको छ। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ