आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

टलिउडस्टार महेश बाबु भन्छन्ः बलिउडले धान्न सक्दैन, हिन्दी फिल्ममा समय बर्बाद गर्दिन

प्रकाशित
371
SHARES

काठमाडौं। पछिल्लो समय हिन्दी चलचित्रको रुपमा चिनिएको बलिउड र साउथ फिल्म उद्योग टलिउडमा भाषा विवाद चलिरहेको छ। अजय देवगन, कंगना रणावतजस्ता कलाकारले हिन्दी भाषा भारतकै राष्ट्रिय भाषा भएको बताएका छन्। तर टलिउडका कलाकारले त्यो स्वीकार गर्दैनन्।

भारत बहुभाषिक राष्ट्र भएको र एकले अर्काको भाषाको सम्मान गरिनुपर्ने पनि उनीहरुको भनाइ छ। चर्चित गायक सोनु निगमले पनि हिन्दी राष्ट्रिय भाषा नभएको उल्लेख गरेका छन्। भाषा विवाद चलिरहेको समयमा टलिउड चलचित्रका स्टा महेश बाबुले बलिउडलाई निशाना साँधेका छन्।

हालै फिल्म ‘मेजर’को ट्रेलर लञ्च कार्यक्रममा महेश बाबुले आफू महँगो भएको र बलिउडले आफूलाई ‘अफोर्ड’ गर्न नसक्ने बताएका छन्। साथै उनले हिन्दी फिल्ममा काम गरेर आफ्नो समय बर्बाद गर्न नचाहेको पनि उल्लेख गरेका छन्।

आफूलाई टलिउडमै धेरै मानसम्मान मिलेकाले आफूले अन्य चलचित्रमा काम नगर्ने पनि उनको भनाइ छ। पछिल्लो समय टलिउडका चलचित्रहरु बलिउडमाथि भारि पर्दै गएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ