आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

श्रीलंकाको अवस्था युद्धको जस्तै, पूर्व प्रधानमन्त्री सेनाको शरणमा, त्यहाँ पनि पुगे प्रदर्शनकारी

प्रकाशित
295
SHARES

काठमाडौं। श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार देशको उत्तर–पूर्वी भागमा रहेको त्रिन्कोमालीस्थित नौसेनाको आधारमा शरण लिन पुगेका छन्।

देशको सबैभन्दा खराब आर्थिक संकटलाई लिएर प्रदर्शन भइरहेका उनको घरमा आगजनी भएपछि प्रधानमन्त्री राजापाक्षेले नौसेनाको आधारमा शरण लिएका हुन्। उनले हालैमात्र प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

राजापाक्षे र उनको परिवारलाई हेलिकप्टरमा नौसेनाको आधारमा लगिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ। तर राजधानी कोलम्बोबाट करिब २७० किलोमिटर टाढा रहेको नौसेना आधारबाहिर पनि प्रदर्शनकारीहरु विरोध गर्न त्यहाँ पुगेको जनाइएको छ।

आर्थिक संकटलाई लिएर भएको विरोध प्रदर्शनमा पाँच जनाको मृत्यु भएपछि कर्फ्यू लागू गर्न हजारौँ सेना र प्रहरी परिचालन गरिएको छ। राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका थिए। अधिकारीहरुका अनुसार श्रीलंकाको अवस्था युद्धको जस्तै भएको छ।

त्यहाँ प्रदर्शनकारीले दिनहुँ हिंस्रक प्रदर्शन गरिरहेका छन्। कोरोना महामारी, रुस–युक्रेन युद्ध, तथा विदेशी ऋणका कारण त्यहाँ आर्थिक संकट छाएको हो। संकट व्यवस्थापन हुन नसकेपछि त्यहाँ अत्यधिक महँगी बढेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ