आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मतदाता किन्न देउवाले करोडौं रुपैयाँ बाँड्दैछन्ः कर्ण मल्ल (भिडियोसहित)

प्रकाशित
351
SHARES

काठमाडौं। नेपाली कांग्रेसबाट निष्कासित भएर नेपाली कांग्रेस बीपीमार्फत डडेल्धुरामा चुनावी अभियान चलाइरहेका प्रदेश सांसद कर्णबहादुर मल्लले डडेल्धुरामा मतदाता किन्न करोडौं रुपैयाँ धनगढीमा ल्याइएको दाबाी गरेका छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सोमबारदेखि डडेल्धुरामै छन्। देउवा मतदानपछि मात्र काठमाडौं फर्किने बताइएको छ । कांग्रेसका दुई कार्यकाल जिल्ला सभापति भइसकेका मल्लले सोमबार साँझ चुनावीसभामा देउवाले करोडौं रुपैयाँ लिएर आएको दाबी गरे।

मल्लले भने– धनगढीबाट वाग्मती प्रदेशको ०२७८-५६३९ नम्बरको गाडीमा करोडौं रुपैयाँ आएको छ । जीप कम्पनीको जीप हो।

शेरबहादुर देउवाजीले रुखका उम्मेदवारलाई मतदान गर्नका लागि, डडेलधुराका मतदातालाई खरिद गर्न करोडौं लिएर आउनुभएको छ। त्यो पैसा विद्युत–सडकका कुनै कर्मचारीको घरमा राखिएको छ।

अब हरेक जनताले प्रश्न गर्नुहोला, रुखका उम्मेदवार साथीले पनि यहाँ मेरो हिस्सामा आएको पैसा कति पर्छ भनेर। हिस्सा लिनुस् र चोक-चोकमा सार्वजनिक गर्नुस् । सच्चा कांग्रेस हो भने चोक–चोकमा सार्वजनिक गर्नुस्।

मल्लले करुवा चिह्नबाट आफूनिकट उम्मेदवार उठाएका छन्। यहाँ मल्ल समूह र नेकपा एमालेबीच गठबन्धन छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ