आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनलाई निःशुल्क इन्टरनेट दिएपछि इलोन मस्कसँग रुष्ट बन्यो रुस, दियो यस्तो चेतावनी…

प्रकाशित
456
SHARES

काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको तेस्रो महिनामा प्रवेश गरेको छ। यसबीचमा युक्रेनका इन्टरनेट, विद्युत तथा विभिन्न पूर्वाधारहरुमा क्षति पुगेका छन्।

संचारका पूर्वाधारहरुमा क्षति पुगेपछि त्यहाँ संचार गर्न गाह्रो भएको थियो। यद्यपी विश्वकै धनाढ्य व्यक्ति तथा ट्विटर, टेस्ला र स्पेसएक्सका मालिक इलोन मस्कले युक्रेनमा निःशुल्क इन्टरनेट सेवा दिएका छन्।

मस्कले पृथ्वीको तल्लो कक्षमा रहेका २ हजार भूउपग्रह स्टारलिंकबाट इन्टरनेटको सेवा युक्रेनलाई दिइरहेको हो। यस क्रममा रुस मस्कसँग रुष्ट बनेका छन्।

रुसले पहिले युक्रेनको संचारप्रणालीलाई ह्याक गर्ने सोचेको थियो। तर मस्कको इन्टरनेट प्रणाली ह्याक गर्न सकिँदैन। रुसको राजधानी मस्कोस्थित रेड स्क्वायरमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आज ‘विजय दिवस’को उपलक्ष्यमा सम्बोधन गरेका छन्।

सो सम्बोधनमा पुटिनले युक्रेनमाथिको आक्रमण, पश्चिमा राष्ट्र तथा नेटोजस्ता महत्वपूर्ण विषयमा भनाइ राखेका छन्। रुसले आज नाजी जर्मनीमाथिको जितको खुशीयालीमा विजय दिवस मनाइरहेको हो।

सन् १९४५ को दोस्रो विश्वयुद्धका क्रममा तत्कालिन सोभियत संघ रुसले हिटलरको नेतृत्वमा रहेको नाजी जर्मनीलाई युद्धमा हराएको थियो। पुटिनका अनुसार युक्रेनमा विशेष सैन्य अभियान गर्न जरुरी थियो र त्यो न्यायोचित छ।

सही समयमै युक्रेनमा रुसले सैन्य अभियान चलाएको उनको भनाइ छ। युक्रेनमा आक्रमण गरिरहेको विषयमा पुटिन भन्छन्,‘रुसले आफ्नो सुरक्षा, स्वतन्त्रता र सार्वभौमिकताको लागि युक्रेनमा लडिरहेको छ।’

पुटिनले युरोपेली राष्ट्र र नेटोसँग रुसको तनाव गतवर्षदेखि बढेको स्वीकार गरेका छन्। रुसले युरोपसँग तनाव कम गर्न निष्पक्ष सम्झौता हुनुपर्ने बताउँदा बेवास्ता गरेपछि अहिलेको अवस्था निम्तिएको उनको भनाइ छ।

युक्रेन नेटोमा आवद्ध नहोस् भन्ने रुस चाहन्थ्यो। तर नेटोले कुनैपनि युरोपेली देशलाई नेटोमा आवद्ध हुने अधिकार छ भनेको थियो। युरोपले पहिल्यैबाट डोनबासमा आक्रमणको योजना बनाइरहेको पनि पुटिनको आरोप छ।

उनका अनुसार उनीहरुले युक्रेनबाट परमाणु हतियार प्राप्त गर्न खोजिरहेका थिए। साथै नेटोले रुस नजिकका जमिनी क्षेत्र खोजिरहेको थियो। नेटोले युक्रेनी सीमा प्रयोग गर्नखोज्दा आफ्नो सीमा क्षेत्रमा खतरा बढेपछि युद्ध गर्नुपरेको उनको भनाइ छ।

पुटिनले दोस्रो विश्वयुद्धमा मारिएका सेना र डोनबासमा मारिएका रुसी सेनाको लागि दुई मिनेटको मौनधारणको लागि पनि अपिल गरेका थिए। उनले सो क्रममा हरेक सिपाहीको मृत्युले रुसलाई शोक परेको पनि उल्लेख गरे।

पुटिनका अनुसार युक्रेनको विषयमा सहमति गर्न खोज्दा पश्चिमा राष्ट्रले केही सुन्न चाहेनन् बरु उल्टै रुसी भूमिमा आक्रमणको योजना बनाए। बीबीसीको सहयोगमा तयार पारिएको।

प्रतिक्रिया

आजको ट्रेन्डिङ