काठमाडौं। रुसले आज नाजी जर्मनीमाथिको जितको खुशीयालीमा विजय दिवस मनाउँदै छ।
बीबीसीका अनुसार सन् १९४५ को दोस्रो विश्वयुद्धका क्रममा तत्कालिन सोभियत संघ रुसले हिटलरको नेतृत्वमा रहेको नाजी जर्मनीलाई युद्धमा हराएको थियो।
सोही जितको खुशीयालीमा आज रुसभर विजय दिवस मनाउन थालिएको छ। सो युद्धका क्रममा रुसको २ करोड ७० लाख नागरिकले ज्यान गुमाएका थिए।
रुस नाजी जर्मनीविरुद्धको सो युद्धलाई महान देशभक्तहरुले गरेको युद्धको रुपमा मान्छन्। यसपटकको विजय दिवस रुसले युक्रेनलाई आक्रमण गरिरहँदा मनाइरहेको छ।
यस क्रममा रुसले युक्रेनमाथि औपचारिक युद्धको घोषणा गर्नसक्ने पनि अनुमान गरिएको थियो।
यद्यपी रुसले त्यस्तो घोषणा नगर्ने स्पष्ट पारिसकेको छ। आज रुसका विभिन्न स्थानमा परेड गरिनेछ। युद्धका योद्धाहरुलाई सम्मान गरिनेछ।
प्रतिक्रिया