आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी प्रथम महिला जिल बाइडेन किभमा

प्रकाशित
299
SHARES

किभ। अमेरिकी प्रथम महिला जिल बाइडेनले युक्रेनकी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन् ।

वासिंगटनले मस्कोमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला जिल बाइडेनले जेलेन्स्कासँग भेट गरेकी हुन् ।

दुई पहिलो महिलाको भेट सीमावर्ती सहर उज्होरोडको एक विद्यालयमा भएको थियो । २४ फेब्रुवरीमा युक्रेनमा रुसी आक्रमण सुरु भएपछि जेलेन्स्का पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेकी हुन् ।

रुसी हमलाको विरोधमा अमेरिकाले २६ सय रुसी र बेलारुसका नागरिकहरुमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ।

तीन रूसी टिभि स्टेसनहरू र गाजप्रोमबैंकका अधिकारीहरूमाथि पनि वासिंगटनले प्रतिबन्ध लगाएको छ। यसैबीच जी ७ नेताहरूले रुसी तेललाई प्रतिबन्ध लगाउन प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ