आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार, अमेरिका र राष्ट्रसंघको छैन डर

प्रकाशित
550
SHARES

प्योङयाङ। उत्तर कोरियाले शनिबार आफ्नो पूर्वी तटको सागरमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ। तीन दिनअघि पनि प्योङयाङले पूर्वी तटमा क्षेप्यास्त्र प्रहार गरेको थियो।

उत्तर कोरियाले आफ्ना आणविक गतविधिलाई तीब्र पार्ने चेतावनी दिँदै आएको छ। उत्तर कोरियाले पूर्वीसागरमा कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको छ, सियोलका संयुक्त चिफ अफ स्टाफले भने।

जापानको तटीय गार्डले उत्तर कोरियाले प्रहार गरेको हतियार व्यालिस्टिक मिसाइल हुन सक्ने भन्दै आफ्ना जहाजलाई सचेत हुन चेतावनी दिएको छ। यो प्रक्षेपण सम्भवतः आणविक हतियार सम्पन्न देशको यो वर्ष अहिलेसम्मको १५ औं हतियार परीक्षण हो।

अन्तर्राष्ट्रिय प्रतिबन्धबीच उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रमलाई तीब्रता दिएको छ। अमेरिकाको वार्ता प्रस्तावलाई अस्वीकार गर्दै उत्तर कोरियाले नाटकीय ढंगले आफ्ना आणविक गतिविधि तीब्र पारेको छ।

उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर अमेरिकाले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ।त्यस्तो हतियार परीक्षण गरेको भन्दै अमेरिकाले उत्तर कोरियामाथि कडा आर्थिक प्रतिबन्धहरुको घोषणा गरेको छ।

तर अमेरिका र संयुक्त राष्ट्रसंघको प्रतिबन्ध र नियमले किम जङलाई केही फरक परेको छैन। सन् २०१८ र २०१९ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच दुईपटक शिखर वार्ता भएको थियो। पहिलोवार्तामा उत्तर कोरियाले परमाणु कार्यक्रम त्याग्ने वाचा गरेको थियो।

त्यसपछि उत्तर कोरियाले कुनै पनि हतियार परीक्षण गरेको थिएन। यद्यपी ट्रम्पले उत्तर कोरियाको माग पुरा गरेनन्। दोस्रो वार्तामा किमले आफ्नो देशमाथि लगाइएको सबै प्रतिबन्धात्मक नियम हट्नुपर्छ भनेको थियो।

ट्रम्प किमको माग पुरा गर्न असमर्थ भएपछि उत्तर कोरियाले फेरि परमाणु हतियार विकास गर्न थालेको छ। बिना सर्त नै उत्तर कोरियाले हतियार कार्यक्रम त्यागोस् भन्ने पक्षमा अमेरिका छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ