आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गठबन्धनले चुनाव हार्दा देश हार्ने धम्की, सत्य होः प्रचण्ड

प्रकाशित
364
SHARES

काठमाडौं। सत्ताधारी गठबन्धन दलले पोखरामा आयोजित सभामा सम्बोधन गर्न पोखरा पुगेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन्।

देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको बताउँदै दाहालले गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने कुरालाई पोखरामा पनि दोर्‍याएका हुन्।

उनले चुनावी अभियानका क्रममा चितवनमा दिएको सोही अभिव्यक्तिको कारण विवादित भएको कुरा स्मरण गर्दै गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की वा घुर्की नभएर सत्य भएको बताए।

देशको संविधान जोगाउन बनेको गठबन्धनबाट स्थानीय निर्वाचनमा कुनै दललाई पनि घाटा नहुने बरु सबै दललाई र देशलाई पनि फाइदा हुने बताए। आफ्नो मन्तव्यलाई छोट्ट्याउँदै दाहालले अझै तीनवटा कार्यक्रममा पुग्नुपर्ने बाध्यता रहेको बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ