आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीले संसारमा कसैलाई २ कौडीको मूल्य दिँदैनन, माधव नेपाल

प्रकाशित
290
SHARES

काठमाडौ। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली व्यक्तिवादी भएको र उनी दक्षिणपन्थी भएको आरोप लगाएका छन्।

पोखरामा भएको ५ दलीय गठबन्धनको चुनावी सभालाई आज सम्बोधन गर्ने क्रममा उनले सो आरोप र जिकिर गरेका हुन्। उनले भनेका छन्, उनी व्यक्तिवादी व्यक्ति हुन्। आफूबाहेक उनले संसारमा कसैलाई २ कौडीको मूल्य दिँदैनन्।

उनी कुसंस्कार बोकेर हिँडेका छन् । त्यस्ता व्यक्तिले अगुवाइ गरेको गठबन्धन र पार्टी गतिलो हुने कुरै छैन। नेता नेपालले गठबन्धनमा भएका सबै लोकतान्त्रिक र वामपन्थी पार्टी भएको र लोकतान्त्रिक आन्दोलनमा खारिँदै आएको उल्लेख गरे।

आफूहरुले सधैँ जनताको विश्वास जित्दै आएको बताउँदै ५ दलीय गठबन्धन उपयुक्त र आवश्यक भएको दाबी गरे। ओलीतिर लक्षित गर्दै नेता नेपालले उनी प्रतिगामी, दक्षिणपन्थी, गणतन्त्र विरोधी गठबन्धन बनाइरहेको बताए।

‘जसका नेता केपी ओलीले दुई–दुई पटक संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा भंग गरेका छन्, उनले थपे, अदालतले पहिलो पटक पुनर्जिवित ग¥यो तर उनले चेतेनन् ।

उनले दोस्रो पटक पनि संविधानको हत्या गर्ने प्रयत्न गरेका थिए। उनलाई लोकतन्त्र,गणतन्त्र र संविधानको माया छैन। ओली बयलगाडाका प्रवर्तक र बयलगाडा चढेर अमेरिका जानु र आन्दोलनको भरमा गणतन्त्र ल्याउनु उस्तैउस्तै हो भन्ने व्यक्ति भएको नेता नेपालले बताए।

‘यो देशमा टाउको फोडे पनि राजाको शासन ढाल्न सकिँदैन भन्ने व्यक्ति बिडम्बनापूर्ण रुपले गणतन्त्रको प्रधानमन्त्री बन्न पुगे, उनले भने, कारण के छ भने, त्यो पार्टी नेकपा एमालेको स्थापना हामीले गरेका थियौँ।

२०३२ सालमा नेकपा कोर्डिनेसन केन्द्र बनाउँदा, ३५ सालमा माले बनाउँदा र ४७ सालमा एमाले बनाउँदा केपी ओलीको कुनै भूमिका थिएन । त्यसैले यिनमा कम्युनिष्ट आदर्श छैन।

ओलीको आलोचनामा निकैबेर खर्चिएका उनले ओली व्यक्तिवादी भएको, आफूबाहेक उनले संसारमा कसैलाई २ कौडीको मूल्य नदिने गरेको बताए।उनले भने, उनी कुसंस्कार बोकेर हिँडेका छन्।

त्यस्ता व्यक्तिले अगुवाइ गरेको गठबन्धन र पार्टी गतिलो हुने कुरै छैन। त्यो दक्षिणपन्थी गठबन्धनको विरुद्धमा गठबन्धन बनाएर हामीले अत्यन्तै सही निर्णय गरेका छौँ।

संविधान जोगायौं, देश जोगायौं र गणतन्त्र जोगायौं ,समाजवादी यात्रा पनि तय गरिरहेका छौँ। गठबन्धन जोगाएर हामीले सही काम गरेका छौँ, बुद्धि पु¥याएका छौँ।

दम्भ देखाए विनाश बाहेक केही हुन्न माधवकुमार नेपालले दम्भ देखाए विनास हुने बताएका छन्। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले कांग्रेस र कम्युनिस्ट शक्ति मिलेर मात्र परिर्वतन सम्भव भएको बताए।

तर कहिले कम्युनिस्टले त कहिले कांग्रेसले दम्भ देखाउने गरेको भन्दै उनले भने, दम्भले केपी ओलीको विनाश गरायो। तपाईंको पनि विनाश बाहेक केही हुने छैन।

पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाट उम्मेदवार छन्। मेयर एकीकृत समाजवादीलाई छाडेको भन्दै कांग्रेसमा असन्तुष्टि समेत देखिएको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ