आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पूर्वप्रधानमन्त्रीहरु नै निर्वाचन आचारसंहिता तोड्दै

प्रकाशित
476
SHARES

काठमाडौं। निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र शीर्ष नेताहरु चुनावी अभियानमा व्यस्त छन्। उम्मेदवारहरु भोट माग्दै मतदाताको घर घरमा पुगि रहेका छन्।

यता पार्टीका शीर्ष नेताहरु आफ्नो अभिव्यति र गतिविधि दुवैमा निर्वाचन आचारसंहिताको खिल्ली उडाईरहेका छन। आगामी शुक्रवार देशैभर स्थानीय तहको निर्वाचन हुँदैछ।

उम्मेदवार मतदाताको घर–घरमा पुगेर भोट माग्न व्यस्त छन भने राजनीतिक दलका शीर्ष नेतृत्वलाई चुनावी सभामा सम्बोधन गर्न भ्याईनभ्याई छ। चुनाव स्थानीय तहको भएपनि चुनावको चाप र ताप भने केन्द्रीय तहमा बढि परेका छ।

चुनावकै चापले होला नेताहरु अभिव्यति र गतिविधि दुवैमा उदाङगो बनिरहेका छन्। शीर्ष नेतृत्वले नै निर्वाचन आचारसंहिताको खिल्ली उडाईरहेका छन।

विहिवार चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी रेनुले भरतपुरमा नजिते देश दुर्घटनामा जाने भन्दै धम्किपूर्ण अभिव्यक्ति दिन भ्याए।

विहीबार नै गृहजिल्ला डडेलधुरा पुगेर प्रधानमन्त्री पत्नी आरजु राणाले आफ्नो दलले नजितेका पालिकामा बजेट नै नपठाउने धम्की नै दिइन।

यो अभिव्यतिको २४ घण्टा पनि वित्न नपाउदै कैलालीमा पुगेर धनगगढीको चुनावीसभालाई सम्बोधन गर्दै त्यहाँका स्थानीयलाई फ्रि भिसा, फ्रि टिकटमा मलेसिया पठाइदिने आश्वासन दिन भ्याईन् ।

शीर्षस्त नेताहरुको यो अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरित मात्र छैन आफैमा लज्जास्पद र विवादित छ। नेताहरुले आफ्नो राजनीतिक चरित्र उदाङगो मात्र नगरी देश हाँक्ने नेताहरु कति विकृत छन् भने प्रष्टाएको विश्लेषण हुन थालेको छ।

नेताहरुको रवैयाले आवधिक निर्वाचन र व्यवस्थाप्रति नै चिन्ता र चासो समेत बढाएको छ।

निर्वाचन आचारसंहिताको उल्लंघन गर्नेमा प्रधानमन्त्री आफै अग्रपंतिमा छन । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा पछिल्लो समय निरन्तर चुनाव प्रचार प्रसारका कार्यक्रममा सहभागी भइरहेका छन।

प्रधानमन्त्री सहभागी हुने चुनावी सभाको लिष्ट लामो छ। काठमाडौको चुनावी सभामा निजी गाडी प्रयोग गरेका प्रधानमन्त्री देउवाले शनिवार बुटवल जाँदा भने नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका छन्।

जवकि आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको परिच्छेद ३ मा सार्वजनिक पद धारण गरेका कसैले पनि आफ्नो पार्टी वा पार्टीको उम्मेदवार वा अन्य उम्मेदवारका लागि भोट माग्न नपाउने उल्लेख छ।

चैत्र २५ गते देखि निर्वाचन आचारसंहिता लागु गरेको निर्वाचन आयोगले आचारसंहिता कार्यन्वयनमा विगत भन्दा केहि कडाई गरेकै छ । मुख्यमन्त्रीदेखि मन्त्री, महानगरका प्रमुख उम्मेदवार मात्र होइन, निर्वाचन पर्यवेक्षण

अध्यक्षलाई समेत मतदाता प्रभावित गर्ने गतिविधि गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेकै छ। तर उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न आयोग उदासिन देखिएपछि दलहरु निधक्क आचारसंहिता उल्लंघन गरिरहेका छन्।

यद्यपि आयोग भने आचारसंहिता कार्यन्वयनमा कडाइ गरिएको दाबी गर्दै आएको छ। चुनावलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएका राजनीतिक दलका नेताहरुले जोशमा होस् गुमाइरहेका छन।

आसन्न निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आचारसंहिता कार्यन्यवनमा सानोलाई ऐन ठुलालाई चैन भन्ने नेपाली उखान चरित्रार्थ हुँदै गएको छ। जति नै दावी गरे पनि निर्वाचन आयोगले आफ्नो क्षेत्रधिकारको प्रयोग गर्ने सकेको छैन। फलत निर्वाचनमा राज्यको स्रोत र साधनको दुरुपयोग बढ्दो छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ