काठमाडौं। भारतको छत्तीसगढको राजधानी रायपुरबाट एउटा डरलाग्दो भिडियो सार्वजनिक भएको छ। यो भिडियोमा जेसीबीको टायरमा हावा भर्ने क्रममा दुई जनाको मृत्यु भएको छ।
यो पूरै घटनाको भिडियो सीसीटीभीमा कैद भएको छ, जसलाई देखेर सबैको सातो गएको छ। हावा भर्दा दुई युवाको प्रत्यक्ष मृत्यु यो भिडियोमा देख्न सकिन्छ ।
रायपुरको सक्सेस फेज २ स्थित घनकुल स्टिलमा जेसीबीको टायरमा हावा भर्ने क्रममा टायर फुट्दा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको नाम राजपाल सिंह र प्रान्जल नामदेव रहेको छ ।
दुवैको घटनास्थलमै मृत्यु भयो । मृतक दुवै मध्यप्रदेश सतनाका बासिन्दा हुन् । घटना सिलतारा चौकी क्षेत्रमा भएको हो ।
भिडियोमा एक व्यक्ति टायरको माथि बसेर हावा भरिरहेका छन् । अर्को व्यक्ति नजिकै आएर टायरमा फलामले हानेर हावा जाँचेर पछि हट्छन् । तेस्रोले टायर छोएर जाँच गर्छन् ।
त्यही समयमा टायर फुट्छ। टायर वरपर रहेका दुबै जना हावामा उछिट्टिएको देखिन्छ । दुवैको घटनास्थलमै मृत्यु भयो ।
घटना रायपुरको सिलतारा क्षेत्रको हो । यहाँको प्लान्टमा जेसीबीको टायरमा हावा भरिएको थियो । जेसीबीको टायरमा २ जनाले हावा भरिरहेका थिए तर त्यही क्रममा टायर पड्किएर फुटेको थियो ।
टायरमा बसेर हावा भरिरहेका दुवैजना त्यसमा परे र दुवैको टाउको क्षत विक्षत भयो । यो घटनाको सीसीटीभी फुटेज पनि अहिले भाइरल भइरहेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा राजपाल र प्राञ्जल मिटर पर उछिट्टिएका थिए र विस्फोटबाट दुवैको टाउको फुटेर पीडादायी मृत्यु भएको थियो । दुवै मूल रूपमा मध्य प्रदेशको सतनाका बासिन्दा थिए।
Two people were killed when a tyre of a JCB burst while they were filling air in it at a vehicle workshop in the Raipur @ndtv @ndtvindia pic.twitter.com/A4I9miCjNo
— Anurag Dwary (@Anurag_Dwary) May 5, 2022
प्रतिक्रिया