आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेसका कार्यकर्ताद्वारा समाजवादीका सचिवमाथि खुकुरी प्रहार, २ जनाको अवस्था गम्भीर

प्रकाशित
673
SHARES

काठमाडौ। बाजुरामा समाजवादी नेपालका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारबाट रावतसहित दुईजना गम्भीर भाइते भएका छन्।

समाजवादी र कांग्रेस कार्यकर्ताबीचको झडप अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायरसमेत गरेको थियो ।

झडप नियन्त्रण हुन नसकेपछि थप सुरक्षाका लागि जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमा परिचालन भएका छन्। त्यस्तै, बाजुराको बुढीनन्दा नगरपालिका वडा न ९ मा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच दोहोरो झडप भएको छ।

समाजवादीका कार्यकर्ताहरू प्रहरीको संरक्षणमा रहेका छन्। प्रहरीले संरक्षण गरेको भन्दै कांग्रेस कार्यकर्ताले प्रहरी चौकी घेराउ गरेको जनाइएको छ। प्रहरी चौकी नजिक तनावग्रस्त हुँदा प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले ढुगांमुढा प्रहार गरेपछि दोहोराे झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताए।

एकीकृत समाजवादीका कार्यकर्ताहरू प्रहरी चौकीमा पुगेपछि कांग्रेसका कार्यकर्ताहरूले प्रहरी चौकीसमेत तोडफोड गर्न लाग्दा प्रहरीले हवाई फायरसमेत गरेको सूचना अधिकारी बोगटीले जानकारी दिए।

सो झडपमा एकजना प्रहरीसमेत घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी चौकीमै पुगेर कांग्रेस कार्यकर्ताहरूले नाराबाजी गर्नुका साथै तोडफोड गर्न लाग्दा प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ