आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

३० हजार फिट उचाइमा उडिरहेको विमान भित्र यात्रुबीच कुटाकुट भिडियोसहित

प्रकाशित
1.2K
SHARES

काठमाडौं। इंग्ल्याण्डको म्यानचेस्टरबाट नेदरल्याण्डको एम्स्टर्डमका लागि उडेको केएलएम एयरलाइन्सको विमानमा दुई समूहबीच झडप भएको छ। यो झगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

म्यानचेस्टरदेखि सिफोलसम्मको आधा दुरी सकिँदा उडानमा यो झगडा सुरु भयो। भाइरल भिडियोमा दुई जना पुरुषले घुँडा टेकेर बसेका यात्रुलाई मुक्का हानेको देखिन्छ। उडान अवतरण गर्ने बित्तिकै, सबै ६ आरोपी डच उड्डयन ऐन अन्तर्गत पक्राउ परेका छन्।

विमानमा रहेका यात्रुहरूले जातिय टिप्पणीका कारण झगडा सुरु भएको दाबी गरेका छन्। झगडाका विभिन्न भिडियो सार्वजनिक भएका छन्। विवाद यति बढेको थियो कि कप्तानलाई बचाउन आउनु पर्यो।

त्यही क्रममा केबिन क्रुले सबैलाई सिटमा बस्न आग्रह गरिरहेका छन्। भिडियोमा सहयात्रुको आवाज पनि स्पष्ट सुनिन्छ, जसमा उनीहरुले सभ्य व्यवहार गर, यो उडान हो, तल झर जस्ता कुराहरू भनेका छन्।

त्यतिबेला विमानमा उपस्थित एक महिला यात्रुले उक्त घटनाको भिडियो बनाएकी थिइन् । त्यसपछि उनले ट्वीटरमा भिडियो पोस्ट गरिन्। यो भिडियो अहिलेसम्म १५ लाखभन्दा बढीले हेरिसकेका छन् ।

साथै २ हजारभन्दा बढी कमेन्ट आएको छ । धेरै प्रयोगकर्ताका लागि यो निकै स्तब्ध पार्ने घटना भएको छ, कसैले यो लाजमर्दो भनेका छन्। विमानमा धेरै बालबालिका रहेको महिला यात्रुले बताएकी छिन् ।

यो पूरै विवादपछि एयरलाइन्सको तर्फबाट विज्ञप्ति जारी गरिएको थियो । कम्पनीका प्रवक्ताले हिजो म्यानचेस्टरबाट एम्स्टर्डम उडान केएलएम १०७० मा केही यात्रुहरूले धेरै नराम्रो व्यवहार गरेको बताए। विज्ञप्तिमा भनिएको छ – ‘क्याप्टेन र केबिन क्रू मिलेर मामिला शान्त गराए ।

घटनामा संलग्न सबैलाई सिफोल विमानस्थल पुगेपछि कुनै ढिलाइ बिना पक्राउ गरिएको छ । हामी हाम्रा यात्रु र कर्मचारीहरूप्रतिको यस्तो व्यवहार सहन सक्दैनौं। यस घटनाबाट प्रभावित सबै यात्रुहरूप्रति हामी क्षमाप्रार्थी छौं।

प्रतिक्रिया

आजको ट्रेन्डिङ